©नेत्र बहादुर कार्की
काठमाडौं । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाकाले आज अनुदानमा कृषि सामाग्री प्रदान गरेको छ ।
शुक्रबार गाउँपालिकाको कार्यालयमा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले चालु आर्थिक वर्ष ०७८-०७९ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा जोत्ने ट्याक्टर एवं मिनीटिलर किसानलाई हस्तान्तरण गरेका छन् ।
कृषि उत्पादकत्व वृद्धिको लागि आधुनिक प्रविधिको प्रयोग बढाउने उद्देश्यले गाउँपालिकामा खेती गर्दै आएका स्थानीय किसान हरुलाई उनीहरुको ३० प्रतिशत लागत साझेदारीमा मिनीटिलर हस्तान्तरण गरिएको गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरीप्रसाद सुबेदीले जन प्रहारलाई जानकारी दिएका छन् ।
उनका अनुसार पहिले गाउँपालिका भित्रका किसानहरुको मागलाई बुझेर हाल सम्म कुनै पनि संघसंस्थाबाट यस्ता कृषि यन्त्रउपकरण नपाएका ५९ जनालाई एक एक वटा मिनीटिलर वितरण गरिएको हो । ‘कृषि उत्पादन बढाउन र आयआर्जनमा वृद्धि गर्ने योजनामा रहेकाहरुलाई यो सामाग्री वितरण गरिएको हो प्रमुख प्रशासकिय अधिकृत सुबेदीले जन प्रहारलाई भने ।









