Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठेलामा मकै बेच्दा नगर प्रहरीको लछारपछार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १७ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । शुक्रबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरिन् । तर नगर प्रहरीले उनलाई नै सडकमा लछार पछार गर्‍यो ।

एक पुरुष नगर प्रहरीलाई रोक्न खोज्छन् । तर नगर प्रहरीले ठेला र केही मकै गाडीमा हालेर लगिछाड्छ । घटनाको भिडियो पत्रकार सृष्टि काफ्लेले ट्वीटरमा पोष्ट गरेकी छन्, जुन भाइरल भएको छ । नगर प्रहरीले गरेको ज्यादतीको आलोचना भइरहेको छ ।

महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा भने यस्ता घटना दिनहुँ हुने बताउँछन् । ‘यस्तो घटना त दैनिक दशौं हुन्छन् । हामीले पटक पटक ठेलागाडा नराख्न भनेका छौैं । फुटपाथ र सडकमा नराख्नु भनेको ठाउँमा ठेला राखेपछि जफत हुने कुरा सामान्य हो,’ सापकोटाले भने, ‘नगर प्रहरीको नजर नपर्ला कि भनेर हेपेर ठेलाहरु राख्छन् । हामीले छोड्ने हो भने त फुटपाथ र सडक कसरी व्यवस्थापन हुन्छ ?

उनका अनुसार यसरी जफत भएको ठेला र सामान फिर्ता हुँदैन । यस्ता सामान महानगरले लिलामी गर्ने गरेको छ ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यले भने यो विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन साह पनि यसबारे बोलेका छैनन् । उनको सचिवालयले भने घटनाबारे जानकारी लिने प्रयास भइरहेको बताएको छ ।

भिडियोमा हेर्नुस् :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४