Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मैले राजीनामा दिएकी छैन : राज्यमन्त्री वली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १६ २०७९
  • 2.8K
    SHARES

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या, परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीको राजीनामा स्वीकृत भएको बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि केसीले वलीले १२ असारमा दिएको राजीनामा स्वीकृत भएको सदनलाई जानकारी गराए ।

बुधबारको बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीका सन्दर्भमा भएका घटनाबारे सरकारको धारणा माग गरेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले त्यसबारे जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका थिए ।

मुख्यमन्त्री केसीले छानबिन सहज होस् भनेर राज्यमन्त्रीको राजीनामा आएको र धन्यवादसहित राजीनामा स्वीकृत गरेको बताए । उनले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले प्रतिवेदन पेस गर्ने चरणमा पुर्‍याएको बताए । प्रदेश सरकार मन्त्रिपरिषद्ले बनाएको जाँचबुझ कार्यदलकोे सदस्यमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेको समिति बनाएको थियो ।

राज्यमन्त्री वली भन्छिन्- मैले राजीनामा दिएकी छैन
दाङ/ लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीले आफूलाई राजीनामा दिन दबाब आएको बताएकी छन् । पार्टीभित्रबाट पटक-पटक राजीनामा दिन दबाब आए पनि अहिलेसम्म आफूले पदबाट राजीनामा नदिएको बताइन् ।

‘मलाई पार्टीबाट राजीनामा दिन भनेर दबाब आएको छ,’ राज्यमन्त्री वलीले नयाँ पत्रिकासँग भनिन्, ‘राजीनामापत्र पनि ल्याएर मकहाँ नेताहरू आउनुभएको छ, तर मैले अहिलेसम्म हस्ताक्षर गरेकी छैन ।’

आफूले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै नभई पार्टी र सांसद पदबाट समेत दिने उनले बताइन् । ‘यदि मैले राजीनामा दिनुपरे मन्त्रीबाट मात्रै होइन, सांसद, पार्टीबाटै राजीनामा दिन्छु,’ उनले भनिन्, ‘नत्र कुनै पनि पदबाट राजीनामा दिन्नँ ।’

राज्यमन्त्री वली केही दिनअघि वाइसिएल नेता एकराज बस्नेतको घरमा गएपछि विवादित बनेकी थिइन् । एकराजको घरपरिवारसँग हात हालाहालको अवस्था सिर्जना भएपछि वली आलोचित बनेकी थिइन् । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४