Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वामदेवकाे पार्टीकाे नाम ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’, ६९ सदस्यीय केन्द्रीय कमिटी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 3.4K
    SHARES

काठमाडाैँ । वामदेव गाैतमले घाेषणा गर्न लागेकाे पार्टीकाे नाम ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ रहने भएकाे छ ।

यसकाे आधिकारिक घाेषणा मंगलबार दिउँसाे ३ बजे रिपाेटर्स क्लबमा पत्रकार सम्मेलनमार्फत् हुँदैछ । प्रस्तावित केन्द्रीय सदस्य नीमकान्त पाण्डेकाअनुसार केन्द्रीय कमिटी ६९ सदस्यीय हुनेछ । त्यसकाे घाेषणा पनि आजै हुनेछ ।

पार्टीकाे सचिवालय पनि गठन भइसकेकाे छ । जुन ९ सदस्यीय हुनेछ । यस्तै सल्लाहकार समिति, राष्ट्रिय परिषद् पनि गठन भएकाे उनले बताएका छन् । आजकाे सम्मेलनमार्फत् केन्द्रीय कमिटीले गरेकाे निर्णयहरू पनि सार्वजनिक गर्ने कार्यक्रम रहेकाे छ ।

पार्टीकाे संयाेजकमा वामदेव गाैतम रहनेछन् भने सचिवमा डीबी कार्की रहनेछन् ।

पार्टीकाे मुख्य उद्देश्य नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता नै हुने उनले बताएका छन् । ‘मुख्य उद्देश्यचाहिँ कम्युनिष्ट एकता नै हाे,’ उनले भनेका छन् ।

गाैतमले यसअघि नेकपा एकता राष्ट्रिय अभियान चलाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४