Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादी केन्द्र : बलियो दुई गुटले छायामा प्रचण्ड !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १४ २०७९
  • 2.8K
    SHARES

काठमाडौँ । पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मामाथि निरन्तर नैतिकताको प्रश्न उठिरहेको छ, उठाइएको छ ।

गभर्नरलाई निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतबाट उल्टिएपछि पार्टीभित्रै फिर्ता बोलाउनुपर्ने आवाज उठेको थियो । करको दर हेरफेर गर्नका लागि अनधिकृत व्यक्तिलाई लगाएको भनी प्रमुख विपक्षी एमालेले एजेण्डा नै बनाएपछि अझ चर्को रूपमा माओवादीभित्र जनार्दनलाई फिर्ता बोलाउनुपर्ने आवाज उठ्यो ।

तर, जनार्दनले पार्टीभित्र उठेको आफू विरुद्धको आवाजलाई लामो समय चल्न दिएनन् । प्रमुख विपक्षी एमालेले आफूलाई संसद्मा बहिष्कार गर्दै गर्दा जनार्दन अझ बलियो भएर प्रस्तुत भएका छन् । उनले सोमबार राष्ट्रिय सभामा बोल्दै ‘कर हेरफेरको अधिकार आफ्नो भएको’ मात्रै बताएनन्, ‘कसैले माग्दैमा

राजीनामा नदिने’ प्रष्ट भनिदिए । उनले यो अभिव्यक्ति दिनुको पछाडि आफूभित्र पार्टीभित्र उठेको विषय उल्ट्याउन सक्नु वा दबाउन सक्नु हो । खासगरी माओवादी भित्रकै वर्षमान पुन गुटबाट जनार्दनलाई अर्थमन्त्रीबाट फिर्ता बोलाउनुपर्ने आवाज उठेको थियो । नेताहरूका अनुसार यो विषयमा अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक रूपमा भएपनि छलफल चलाउने प्रयास गरेका थिए । तर, जनार्दनले आफूले पार्टीमा गर्दै आएको मेहनत विरोधीले खुइल्याउन गरेको प्रयत्नमा लगेर मिलाउने हो ? भनी दह्रिलो रूपमा भनेपछि प्रचण्ड ब्याक भए ।

नेताहरूका अनुसार वर्षमान गुटले अर्थमन्त्रीको विषयमा उठेको प्रश्नका विषयमा छलफलसम्म गर्दा के बिग्रन्छ र ! भनेर समेत अध्यक्षलाई कन्भिन्स गराउन खोजेको थियो । तर, जनार्दनले वर्षमान चीन गएकै कारण महाधिवेशनबाट पार्टी महासचिव पद नटुङ्ग्याउने र महासचिवलाई देखाएर पदाधिकारीविहीन पार्टी चलाउने ? भनी पार्टीभित्र प्रश्न उठाए । आफूलाई असफल बनाउन वर्षमान नै लागी परेको भनी पार्टीका नेताहरूलाई खुलेआम भने । जनार्दन गुटले वर्षमानकै कारण पार्टीभित्र र बाहिर जनार्दनमाथि प्रश्न उठेको भाष्य निर्माण गर्न सफल भए ।

परिणाममा प्रचण्ड जनार्दनका विषयमा प्रश्न उठेको भनी छलफल गर्नु उचित ठानेनन् र यो विषयले औपचारिकता नै पाउन सकेन । अलि कम बोल्ने, कूटनीतिक हुने स्वभाव वर्षमानको छ । व्यक्तिको कमजोरी पत्ता लगाएर उसमाथि हाबी हुने चातुर्यता पुनमा छ । जनार्दन भने हक्की खालका छन् । जनार्दनबारे माओवादीभित्र प्रचण्डलाई घुर्क्याएर हैसियत लिने नेताका रूपमा टिप्पणी हुने गर्दछ ।

बरु यही मौकामा खेले जनार्दनले आगामी आम चुनाव पछि पनि आफूलाई अर्थ मन्त्रालय नै चाहिने र अर्थ मन्त्रालयमा रहेर केही गर्छु भनेर पार्टीमा विश्वास दिलाउने प्रयास गरेका छन् । एक नेता भन्छन्, ‘जनार्दनले आफूमाथि प्रश्न उठाउनेमाथि नै प्रश्न उठ्ने वातावरण मात्रै बनाएका छैनन् आउँदो चुनाव पछि पनि अर्थमन्त्रीका लागि वातावरण तय गरेका छन् ।’ ती नेताका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले पनि जनार्दनलाई रुचाएको र देउवा नै आगामी चुनावपछि प्रधानमन्त्री हुँदा जनार्दन नै अर्थमन्त्री हुने सम्भावना बलियो बनेको छ ।

उता जनार्दनले पार्टीमा आफ्नो पकट सांगठनिक रूपमा बलियो बनाउँदै लगेका छन् । स्थानीय तहको चुनावमा जनार्दन बजेट तयारीमा केन्द्रित हुँदा वर्षमानले नै धेरै स्थानीय तहमा टिकट दिने अवसर पाए । यसले उनलाई पार्टीमा थप बलियो हुन मद्दत गरेको छ ।

जनार्दन र वर्षमान बलियो गुट बन्दै जाँदा माओवादी केन्द्रमा प्रचण्ड भने कतिपय सन्दर्भमा अल्पमतमा पर्ने टिप्पणी गर्नेहरू पनि छन् । तर, जनार्दन र वर्षमान दुवै प्रचण्डको कहिल्यै साथ नछोडेका नेता हुन् । दुबैलाई प्रचण्डको विश्वास पात्रका रूपमा समेत लिने गरिन्छ । दुवैले प्रचण्डले भनेको मान्ने पनि बताइन्छ । तर, प्रचण्डलाई कन्भिन्स गर्ने र आफू बलियो हुनेमा छन् जनार्दन र वर्षमान ।

यी दुवै नेता पार्टीको महासचिवका पनि बलिया दाबेदारका रूपमा देखापरेका छन् । दुवैको आकाङ्क्षा भएका कारण प्रचण्डले महासचिव समेत तय गर्न सकेका छैनन् । यी दुवै नेताको राजनीतिक जीवन उस्तै उस्तै छ । दुवै नेता आफ्नै क्षमता र संघर्षले अगाडि आएका र आफूलाई नेतृत्वका लागि तयार गर्दै लगेका नेताहरू हुन् ।

२०७४ को आम चुनावमा वाम गठबन्धन र ३ जेठ २०७५ मा नेकपा एमालेसँग एकता हुनुअघि वर्षमान बढ्ता हाबी थिए । एमालेसँग पार्टी एकता गर्दा र एकता भङ्ग भएर माओवादी केन्द्र ब्युँतिएपछि भने जनार्दन हाबी भएका छन् । पार्टी सत्ता चलाउने सन्दर्भमा अलि कम बोल्ने, अलि कूटनीतिक हुने स्वभाव वर्षमानको छ । उनी कूटनीतिक रूपमा आफूलाई प्रस्तुत गर्ने कमजोरी पत्ता लगाउन ऊ माथि हाबी हुने स्वभावका नेता हुन् ।

जनार्दन भने हक्की खालका छन् । माओवादीभित्र उनलाई प्रचण्डलाई घुर्क्याएर हैसियत लिने नेताका रूपमा टिप्पणी हुने गरेको छ । अर्थमन्त्री भएको बेला संगठन विभाग प्रमुख चलाउन गाह्रो होला कि भन्दा शर्माले मलाई संगठन विभाग प्रमुख नै चाहिन्छ भनेर अड्डी लिनुलाई कतिपयले यही अर्थमा लिने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४