Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गायिका सुनारको मृत्युको कारण खोज्दै प्रहरी पोष्टमार्टम रिपोर्टको प्रतीक्षा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १२ २०७९
  • 2.8K
    SHARES

 काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ ।

तर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट दिएपछि मात्रै निर्क्यौल गर्ने प्रहरी स्रोतले जनाएको छ ।

नेपालटारस्थित कोठामा शनिबार पौने ११ बजे उनी मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रका अनुसार कोठामा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो । लगत्तै अनुसन्धानका लागि प्रहरीले सूर्य श्रेष्ठ नामक व्यक्तिलाई नियन्त्रणमा लिएको मिश्रले जन प्रहारलाई बताएका हुन् ।

शवको जाँचबुझमा संलग्न चिकित्सकहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै चोटपटक देखिएको छैन, त्यसैले उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

तर घोप्टो परेको अवस्थामा शव भेटिनु र झुण्डिन प्रयोग भएको वस्तु बरामद नहुनुले घटनालाई रहस्यमय बनाएको छ । डीएसपी मिश्र भन्छन्, ‘झुण्डिएको हो वा झुण्ड्याइएको वा के हो भन्ने विषयमा साँझसम्ममा केही बताउँछौं ।

तर अनुसन्धानमा संलग्न एक अधिकृतले सुनारले सलमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको जन प्रहारलाई बताएका छन् । उनका भनाइमा घटना भएका बेला श्रेष्ठ पनि घरमा सँगै थिए ।

‘उनले सोधपुछका क्रममा बिहान ब्यूँझिदा झुण्डिएको अवस्थामा देखेपछि निकालेको भनेका छन्’ ती अधिकृतले भने, ‘तर आफू आत्तिएकाले सल निकालेर लुकाएको बताएका छन् ।’ त्यही आधारमा शनिबार बिहान ३ बजेपछिको समयमा घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

साथै, श्रेष्ठले भनेको स्थानमा प्रहरीले सलको खोजी थालेको स्रोतको भनाइ छ । श्रेष्ठसँग सुनार ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन् ।

सुनारको फेसबुकमा शुक्रबार राति १:२० बजे ‘जिन्दगीमा धेरै उतारचढाव भोगेको र जान्ने भएर आफैं एक्लो भएको’ भन्दै स्टाटस पोष्ट भएको छ । ‘कसैको माया पाउन जति कोशिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन’ स्ट्याटसमा भनिएको छ, ‘तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा । तिम्री छोरी धेरै थाकी छे ।

स्ट्याटसमा आमालाई सम्बोधन गर्दै ‘बहिनी, छोरी छन्, मन बुझाउनु नरुनु’ भनिएको छ । साथै छोरालाई सम्बोधन गर्दै ‘तिमीलाई पढाउन र ठूलो मान्छे बनाउने मन थ्यो, जसरी भए पनि ठूलो मान्छे बननु है, म नभए पनि त मेरो आर्शिवाद सधैं तिमीसित हुने छ’ भनिएको छ ।

फेसबुकमा आफ्नो गीत जहाँ छ, जति छ बजारमा ल्याइदिनु पनि भनेकी छन् । ‘म धेरै थाँके अब म बाच्न सक्दिन, यो दुनियाँ धेरै स्वार्थी छ’ स्ट्याटसमा भनिएको छ ।

स्ट्याटसमा ‘म आफ्नो इच्छाले यो कदम उचालेकी छु, कसैलाई दोष छैन । कसैले खोजी नीति पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु, मसित पैसा छैन । थोरै सुन छ, त्यो बेचेर छोरालाई दिनु’ भनिएको छ ।

तर उनका आफन्त र लोक दोहोरी प्रतिष्ठानले यो आईडीबाट पोष्ट भएको स्ट्याटसमा पनि आशंका गरेको छ । डीएसपी मिश्र भन्छन्, ‘स्ट्याटसको विषय पनि अनुसन्धान भइरहेको छ ।’

३० वर्षीया गायिका दिलमाया सुनार लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोक दोहारी गाएकी थिइन् ।

केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४