Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं र धरानमा राज गर्दा पोखरामा भने लौरो हरायो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ११ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा देशभर स्वतन्त्र उम्मेदवारी दिने बढे । उम्मेदवमारी दिएदेखि स्वतन्त्र उम्मेदवारहरु धेरैजसो को चर्चा पनि धेरै भयो । निर्वाचन आयोगले विभिन्न ठाउँका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न लौरो दिएसँगै देशभर लौरो को व्यापक चर्चा पनि भयो । लौरो चुनाव चिह्नले देशको राजधानी काठमाडौं र सुनसरीको धरान उपमहानगरपालिकामा मेयर जितेको छ ।

देशको राजधानी रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहको चुनाव चिह्न लौरोले एमालेको सुर्य र कांग्रेसको रुखलाई पछार्न सफल भएको छ । वर्र्षौदेखीको सुर्य र रुख भन्दा निर्वाचन आयोगले वैशाख १७ गते बालेनलाई दिएको चुनाव चिह्न लौरोले व्यापक चर्चा पायो । यो लौरोले चर्चा मात्रै पाएन वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनले बालेनलाई काठमाडौंको मेयर बनायो ।

चुनाव चिह्न लौरो पाएपछि बालेन र उनका समर्थकले ‘बुढाबुढीले टेक्न मिल्ने भ्रष्टाचारीलाई सेक्न मिल्ने’ भनेर प्रचारप्रसार पनि गरे । बालेनका एजेण्डा, एजेण्डालाई कार्यान्वयन गर्ने तरिका, मिडिया कभर, शालिन स्वभाव , अन्य उम्मेदवारप्रति सम्मानपुर्वक धारणा लगाएतका कारण बालेन काठमाडौंको मयरका लागि योग्य सावित भए ।

बालेनले सार्वजनिक गरेका प्रतिवद्धताहरु सरल र काठमाडौं महानगरपलिकाको बजेटले सहजै पुरा गर्न सकिने खालका छन् । उनलाई मेयर पद जितेपनि काम गर्न सहज हुदैन भन्दै गर्दा बालेनले महानगरको नगरसभा बैठकहरु लाईभ गरेर कस्ले के भन्यो र कुन कुराको सपोर्ट या विरोध गर्यो लाईभ मार्फत नै जनतालाई स्पष्ट देखाउने बताएपछि मेयर बनेपछि बालेनलाई असहज अवस्था नआउने बाटो पहिल्याएका छन् ।

उनले जन्म, मृत्यु, विबाह दर्ता जस्ता महत्वपुर्ण कागजात र बृद्धभत्ताको होम डेलिभरि गर्ने, काठमाडौंको फोहोरलाई मोहारमा परिणत गर्ने, ट्राफिक जाम अन्त्य, पार्किङ, खानेपानी उपलब्धता लगाएतका साना तर अत्यावश्यक एजेण्डा उठाए र बालेनको लौराले काठमाडौंमा मेयर जित्यो । अव उनले भने अनुसार काम गर्छन या गर्न सक्दैनन त्यो भने हेर्न बाँकी छ ।

हर्क सम्पाङ, धरान उपमहानगरपालिका

हर्क राई सम्पाङ स्थानीय तह निर्वाचन अगाडि कमै मात्रामा सञ्चारमाध्यममा आएका थिए । हर्क राईका एजेण्डालाई न त धरानको स्थानीय मिडियाले त्यति कभर गर्यो नत राष्ट्रिय मिडियाले नै । वैशाख ३० गते मतदान पछाडि मतगणनामा जब सम्पाङले अग्रस्थान लिए तब बल्ल उनको खोजी हुन थाल्यो । यो बाट के स्पष्ट हुन्छ भने मिडिया राजधानी केन्द्रित भए र राजधानी बाहिरका अन्य राम्रा उम्मेदवार ओझेलमा परे ।

चुनाव प्रचारप्रसारमा न त मिडिया न त स्थानिय, कसैबाट पनि उनी घेरिएका थिएनन् । तर एक्लै चुनाव प्रचारप्रसार गरेपनि धराने जनताले मतदान गर्ने दिन भने सम्पाङलाई चुने र सम्पाङलाई धरानको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका छन् ।

हर्क राईको धराने जनतालाइृ खानेपानी खुवाउने पहिलो लक्ष्य छ । स्वतन्त्र उम्मेदवार राईले पनि चुनाव चिह्न लौरो पाए । सम्पाङको चुनाव चिह्न लौरो मुख्य प्रतिस्पर्धी कांग्रेसको रुखलाई पछि पार्दै धरान उपमहानगरपालिकाको मेयर बन्न सफल भएको छ ।

पोखरा महानगरमा गनेश पौडेल

देशका ठुला पालिकामा स्वतन्त्र उम्मेदवारले राज गरेको बेलाम पोखरामा भने लौरो हराएको छ । पोखरा महानगरपलिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेलले पाएको चुनाव चिह्न लौरोले चुनाव जित्न सकेन । चुनाव जित्न मात्रै होईन पोखरा महानगरपालिकामा लौरो प्रतिस्पर्धामा पनि आएन ।

निर्वाचन अघि राम्रो चर्चा पाएका गनेशले पोखराका मतदाताको भने मन जित्न सकेनन् । स्वतन्त्र उम्मेदवार अटेरी अभियानका खडकराज पौडेल (गनेस) ले ३ हजार ३० मत पाएका छन् भने उपमेयर उम्मेदवार नै नरहेको लौरोमा भने पोखरामा ९३ मत परेको छ ।

पर्याप्त प्रचार गर्न नपाउँदा चुनाव हारेको गनेसकले बताएका छन् । ‘वैशाख १७ गते चुनाव चिह्न पाएपछि उपलब्ध १० दिनको दौरानमा विभिन्न सार्वजनिक मञ्च, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको उपयोगबाट पोखराबासी मतदातासम्म पुग्न हामीसँग उपलब्ध समय, स्रोतसाधन र वर्कतले भ्याएसम्म प्रयास ग¥यौं,’ बुधबार धन्यवाद ज्ञापन गर्दै उनले भनेका छन्, ‘तर त्यो प्रयास पर्याप्त थिएन भन्ने कुरा हामीलाई प्राप्त पोखरेली अभिमतले प्रकट गरेको छ ।

हामी पोखरेली अभिमतप्रति उच्च सम्मान व्यक्त गर्दछौँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४