Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विद्राेहबाटै बनेकाे एकीकृत समाजवादीमा सांसदहरूकाे ‘विद्राेह’, मन्त्री फिर्ताको निर्णय नमान्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १० २०७९
  • 2.1K
    SHARES

काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी] का १० जना सांसदहरूले मन्त्री फिर्ताकाे निर्णय नमान्ने भएका छन् ।

पहिलेका मन्त्रीहरू फिर्ता बाेलाएर पुन: पठाइएका मन्त्रीहरूकाे छनाेटमा असन्तुलन भएकाे भन्दै उनीहरूले पार्टीकाे निर्णयप्रति असहमति जनाएका हुन् । सांसद कृष्णलाल महर्जनले भनेका छन्, ‘६ महिनापछि मन्त्री फेर्ने भनिएकै हाे । हामीले पनि फेर्ने नै भनेकाे हाैँ । तर पछि पठाइएका मन्त्रीहरूकाे छनाेटमा कुनै सन्तुलन छैन । यसप्रति हाम्राे असहमति हाे । काेही सांसद नै नरहँदा पनि मन्त्री भएका छन् ।

एकै जिल्लाका २ जनालाई मन्त्रीमा सिफारिस गरिएका छन् । मन्त्रीमा सिफारिस गरिएका काेही साथीहरू मन्त्री नबनेकाहरूभन्दा जुनियर छन् । यी सबै कुराहरू मिल्नुपर्छ भन्ने हाम्राे माग हाे । मन्त्री फेर्नुहुँदैन भनेका छैनाैँ हामीले । यसलाई नेतृत्वले बुझ्नुपर्छ ।

१० सांसदहरूले अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपाललाई संसदीय दलका बैठक बाेलाउनसमेत माग गरेका छन् । माग गर्नेहरूमा मन्त्रीहरू विराेध खतिवडा, रामकुमार झाँक्री, कृष्णकुमार श्रेष्ठ, प्रेम आलेसँगै सांसदहरू कृष्णलाल महर्जन, बिनादेवी बुढाथाेकी, गाेपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ, धनकुमार बुढा र निरादेवी जैरू छन् । उनीहरूले संसदीय दलकाे बैठकसँगै ८ बुँदामा अन्य मागहरू राखेका छन् ।

♦  एकीकृत समाजवादीको मन्त्री हेरफेरको गाँठो फुस्केला कि कसिलो बन्ला ?

उनीहरूले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई ‘अपराधी’को जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टिसमेत पोखेका छन् । ‘पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछाैँ भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक-पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन ।’ असहमतिपत्रमा भनिएकाे छ ।

एकीकृत समाजवादी एमालेमा ‘विद्राेह’ गरेर नेपालले बनाएकाे पार्टी हाे । २०७८ भदाै ९ गते निर्वाचन आयाेगमा दर्ता भएकाे एकीकृत समाजवादीभित्र केही सांसदहरूले विद्राेह गरेका हुन् । विद्राेही नेताहरूले पार्टी फुटाउन सक्ने भय अध्यक्ष नेपाललाई छ । यसैकारण उनले मन्त्री नबनेकाहरूलाई मन्त्री बनाउन सिफारिस गरेका हुन् ।

तर, सरकारमा मन्त्रीकारूपमा रहेका नेताहरूले त्याे नमान्ने भनेपछि अध्यक्ष नेपाल अप्ठ्याराेमा परेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४