Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुटनीतिक विषयमा सेना विवादमा पर्नु दुखद : महामन्त्री शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ४ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा नेपाली सेना विवादमा पर्नु दुखद भएको बताए ।

नेपाल शिक्षक संघ ललितपुरले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा कुटनीतिक अभ्यास भन्दा बाहिरबाट गतिविधि हुँदा नेपाली सेना पनि विवादमा परेको बताएका हुन् ।

यस्तो प्रकारको कूटनीतिक प्रक्रियाभन्दा बाहिर गएर गरिने अभ्यास निरन्तर भयो भने देशका लागि दुःखद हुन्छ । अहिलेसम्म विवादमा नपरी आएको नेपाली सेनालाई यो प्रकारको संलग्न हुने, पहिलेको नेतृत्व संलग्न हुने, अहिलेको नेतृत्व सुसूचित नहुने अनि विवादमा तानिने घटनाक्रम सुन्दर संकेत होइन’ उनले भने ।

अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा एउटा सरकारको पालामा पत्राचार हुनु र अर्को सरकारले थाहा नपाउनु कुटनीतिक अभ्यासमा गम्भीर नहुनुको उदाहरण भएको शर्माले बताए ।

‘यसले २/३ वटा कुरालाई सार्वजनिक रुपमा क्लिएर गरेको छ । एउटा, हामी कति कूटनीति अभ्यासको बारेमा गम्भीर रहेनछौं । कुनै पत्र लेखिन्छ । पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ । पत्र पाउनेले पाईसक्छ । लेख्नेले लेखिसक्छ । न तपाई थाहा पाउनुहुन्छ, न म थाहा पाउँछु । न सरकारले थाहा पाउँछ’ उनले भने ।

यस्तो प्रवृत्ति मुलकका लागि सुन्दर संकेत नभएको शर्माले बताए । ‘…अहिले प्रश्न एसपीपी आयो र गयो भन्ने होइन । यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर संकेत होइन’ उनले भने ।

यस्ता विषयमा एउटा दलले अर्कोलाई खसाल्ने खालको अभिव्यक्ति दिँदा राष्ट्रिय एकता कमजोर हुने महामन्त्री शर्माको भनाइ छ । ‘यस्तो विषयबस्तु आउँदै गर्दा एकले अर्कोलाई खसाल्ने ढंगले अभिव्यक्तिहरु आउने कुराले राष्ट्रिय एकतालाई बलियो बनाउने होइन, कमजोर बनाउने र यस्ता विषयहरुलाई राजनीतिको शिकार बनाउने कुराले समुन्नत राष्ट्र बनाउने कुरामा बाधा पु¥याउँछ’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४