
हाम्रो “सत्य तथ्य सन्तुलित र निष्पक्ष खबर ” जन न्युज नेपाल खबर डट कम” हरेक पल पलमा तपाईंहरुको साथमा !
पृथ्वीका झन्डै १० लाख जीव लोप हुने खतरामा पुगेको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
सोमबार सार्वजनिक भएको राष्ट्रसंघीय प्रतिवेदनमा मानव जातिले गरिरहेको आधुनिक सभ्यताको विकासले प्राकृतिक दुनियाँमा पारेको प्रभावल र आर्थिक वृद्धिको मुर्खतापूर्ण खोजीले ती जीवको अस्तित्व खतरामा पुगेको उल्लेख गरिएको छ।
वैज्ञानिकहरूले संसारभरका सरकार र व्यावसायिक घरानालाई पृथ्वीको जैविक प्रणालीलाई जोगाउनका लागि आफ्ना निहित स्वार्थ त्याग्न आग्रह गरेका छन्।
‘यदि हामी हाम्रा सन्तान र दरसन्तानलाई मानवीय क्रियाकलापले थिलोथिलो नभएको पृथ्वी दिन चाहन्छौं भने त्यसका लागि काम गर्ने बेला अहिले नै हो,’ उक्त अध्ययनको नेतृत्व गरेका रोवर्ट वाटसनले भने, ‘यदि हामीले अहिले काम गरेनौं भने डोडो (एक प्रकारको चरा) जस्तै लाखौं जीव लोप हुनेछन्।’
अमेरिका, रूस र चीनलगायत १३० देशका अधिकारी इन्टर गभर्नमेन्टल साइन्स पोलिसी प्ल्याटर्फम अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टक सर्भिसेजले उक्त प्रतिवेदन तयार पारेको हो। उक्त प्रतिवेदनमा ८० लाख प्रजातिका रूखविरूवा, किरा फट्यांग्रा र जनावरहरूमध्ये १० लाख लोप हुने खतरामा छन्। तीमध्ये केही त एक दशकभित्र लोप हुन सक्छन्।
औद्योगीक खेतीपाती र माछा मार्ने कामले जीव लोप हुने सम्भावनालाई १ करोड वर्षअघिको भन्दा हजारौं गुणा बढाइदिएको प्रतिवेदनमा उल्लेख छ। विश्वव्यापी मूल्यांकनअनुसार २५ प्रतिशत जीवजन्तु र रुखबिरुवा जोखिममा छन्। सन् २०१४ मा ३ प्रतिशत समुद्र मात्र मानव दबाबमुक्त छ। माछा हालसम्मकै जोखिमको अवस्थामा छन् भने प्रदूषण तीव्र रूपमा बढिरहेको छ।
कोइला बाल्दा, फोसिल फ्युल निकाल्दा निस्कने र तेल ग्यासले भइरहेको जलवायु परिवर्तनले धेरै जीवजन्तु मर्ने क्रम बढाएको छ।
‘हामी मानव जाति नै लो हुने संकटसँग जुधिरहेका छौं,’ जलवायु परिवर्तन अभियन्ता होडा बाराकाले भने।
अमेरिकाको इन्डियाना विश्वविद्यालयका एडुआर्डो ब्रोन्डिजियोले पृथ्वीमा रहेका ५ लाखभन्दा बढी प्रजातिहरूले आफ्नो जीविकाका लागि बासस्थान बनाउन पर्याप्त जमिन नपाएको बताए।
मानिसका क्रियाकलापले ५० वर्षयताकै गहिरो संकट निम्तिएको प्रतिवेदनमा उल्लेख छ। सन् १९७० को तुलनामा संसारको जनसंख्या हाल दोब्बर भएको छ भने विश्व अर्थतन्त्र ४ गुणा बढेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार १० गुणाले बढेको छ।
हाल विश्वमा रहेका मानिसका लागि खाद्यान्न, लत्ताकपडा र उर्जाको व्यवस्था गर्न जंगल तीव्र रूपमा फँडानी गरिएको छ। सन् १९८० र २००० बीचमा दक्षिण अमेरिका र दक्षिण-पूर्वी एसियामा १० करोड हेक्टर वनजंगल मासिएको छ।
सन् १९९२ को तुलनामा सहरीकरण दोब्बर वृद्धि भएको छ भने सीमसार क्षेत्र १३ प्रतिशतमा सीमित भएको छ।
यस्तो क्रम कम्तीमा सन् २०५० सम्मै जारी रहने अनुमान प्रतिवेदनले गरेको छ।
‘मानिसले अञ्जानमै पृथ्वी र आफ्नो भविष्यको नै घाँटी थिचिरहेका छन्,’ जर्ज मासन विश्वविद्यालयका जीवविज्ञ थोमस लभजोयले भने। उनले पृथ्वीको जैविक विविधता क्रमशः विनाश भइरहेको बताउँदै यसलाई जोगाउने हामीसँग अन्तिम विकल्प भएको दाबी गरे।
प्रतिवेदनमा उल्लेख नतिजाले जीवजन्तु वा रुखबिरुवा जोगाउनु पर्ने मात्र नभई मानिसको जीवनयापनका लागि आवश्यक पर्ने अन्य वस्तुको संरक्षण गर्नसमेत सुझाव दिएको छ।
हाम्रो बारेमा
सम्पर्क तथा बिज्ञापन गर्नको लागि हामीलाई सम्झनुहोस।
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”JananewsOfficialchannel लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
१ ,प्रबन्धक निर्देशक/प्रकाशक/ नेत्र बहादुर कार्की
२,प्रधान सम्पादक :- राज कुमार हुमागाइ।
३ ,सम्पादक :-कुमार अधिकारी
४ ,सह-सम्पादक :- सबिन कार्की ।
५ ,बजार ब्यबस्थापक :- रेजिना खड्का, कार्की ।
६ ,सह-ब्यबस्थापक :- दावा फिन्जो तामाङ ।
७ ,सम्बाददाता :- पुर्ण बहादुर खत्री ।
८ ,सम्बाददाता :- अर्जुन कार्की ।
९ ,सम्बाददाता :- गोबिन्द गौतम ।
१०,सम्बाददाता :- आशा लामा।
ठेगानाः ललितपुर ३, पुल्चोक , नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०,९८५१०१०००७
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर : Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२