Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लायन्स क्लवद्वारा रामेछापका आगलागी पिडितलाई सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ३ २०७९
  • 2K
    SHARES

काठमाडौं । रामेछाप लायन्स क्लव अफ काठमाण्डौले रामेछापका आगोलागी पिडितलाई सहयोग गरेको छ । गत चैत्र १२ गते रामेछापको रामेछाप नगरपालिका ७ रजयछापमा आगोलागी हुदा १३ घर जलेर नस्ट भएको थियो भने ९ वटा गोठ जलेर नस्ट भएको थियो । आगोलागी पिडितहरुलाई लायन्स क्लव अफ काठमाण्डौले पिडितको घरमा पुगेर दैनिक जिवनमा आवश्यक पर्ने समान सहयोग गरेको हो ।

लायन्स क्लवले १३ घर परिवारका सबै सदस्यहरुलाई आवश्यक पर्ने लता कपडा सिरक डस्ना पकाउने समान प्रेसर कुकर देखी थाल बटुको गिलास लगाएत सम्पुर्ण समान दाल चामल तेल चिनि सहित खाद्यन्न समाग्री सहयोग गरेको छ । आगलागिबाट अति पिडित ५ घर परिवारलाई भने थप दराज समेत सहयोग गरेको छ । आगोलागी बाट उनीहरुको शरिरमा लगाएको कपडा बाहेक अन्य सबै समान जलेर नस्ट भएको थियो ।

आगोलागी भएको केहि दिनमा नै पिडित परिवारलाई सहयोग गर्ने तयारी गरेको भएपनी निर्वाचन आचारसंहिता लागु भएको कारण सो समएमा बितरण गर्न नसकिएको लायन्स क्लव ईन्टरनेसनलका पास्ट डिस्ट्रिक गभर्नर शुम्भु घिमिरेले जन प्रहारलाई जानकारी दिए । घिमिरेले भने बिपतमा परेकालाई दैनिक आवश्यक समान मात्र सहयोग गरेको बताए । उनले भने यो सहयोगले केहि मात्रामा पिडितको पिडा कम गर्न विश्वास ब्यक्त गरे ।

त्यस्तै गरी रामेछाप नगरापालिकाका नगरप्रमुख लवश्री न्यौपानेले नगरपालिका संग समन्वय गरेर आगोलागी पिडित परवारलाई घरमा नै राहत समाग्री बितरण गरेकोमा धन्यवात दिदै आगामी दिनमा पनी सहकार्यको अपेक्षा गरेको बताए । सहयो हस्तान्तरण गर्दै नगर प्रमुख न्यौपानेले नगरपालिकाले दशैं सम्म सबै पिडितलाई नगरपालिकाले घर बनाएर हस्तान्तरण गर्ने बताए । न्यौपानेले आजै बाट घर बनाउने कार्य समेत शुरु हुने भन्दै घर बनाउन सबैले सहयोग मिलेर गर्न पिडित परिवारलाई आग्रह पनी गरे । नगरप्रमुख न्यौपानेले खानेपानीको समस्या भएकोले तत्काल खानेपानीको समस्या समाधान गर्न लागीपरेको र घर निर्माण गर्न आवश्यक समान धुवानी गर्न पर्ने भएकोले सडक मर्मतको काम समेत शुरु भइ सकेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख बालकुमारी कार्कीले सबै नगरवासीको साथमा नगरपालीका रहेको बताए । समस्या परेका नगरवासीको साथमा नगरपालिका सधै सहयोग गर्न नगर तत्पर रहेको बताए । आगलागिबाट जलेर नष्ट भएको घर वर्षात सुरु हुनुभन्दा अगावै बनाईसक्ने लक्ष्य लिएको भए पनि विविध कारणले बनाउन नसकिएकोले दशै भन्दा अगाडि नै चाँडै बनाएर हस्तान्तरण गर्ने वडा नं. ७ का वडाअध्यक्ष समिर कार्कीले बताए । कार्यबक्रममा रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, उपप्रमुख बालकुमारी कार्की, लायन्स क्लव ईन्टरनेसनलका पास्ट डिस्ट्रिक गभर्नर शुम्भु घिमिरे, वडा नं. ७ वडा अध्यक्ष, लायन्स क्लव ईन्टरनेस्नलका पदाधिकारी, पत्रकार, स्थानिय जनप्रतिनिधी र स्थानिय वासीहरुको उपस्थितीमा राहात वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४