Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको उत्तर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २४ २०७६
  • 4K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले भने, ‘ भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।’

विपक्षी दलहरुले दिउँसै सपना देखेको भनेर नीति तथा कार्यक्रमबारे आलोचना/टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिँदै भने, ‘यो देश बनाउने, भविष्यको सपना हो ।’

उनले भने, ‘सामाजिक जीवन पद्दती, अभ्यास र आचरणसम्म पुर्‍याउने तरिकाले नीति तथा कार्यक्रम ल्याइएको छ। यस भित्र राजनीतिक स्वतन्त्र, मौलिक हक लगायतका विषयमा आफ्ना मूल्य मान्यताका रुपमा प्रस्तुत गरिएको छ।’
उनले जवाफको क्रममा सहिदका सपना भनेको निदाएर, घुरेर देखिने सपना हो? भन्दै प्रश्न गरे। उनले अगाडि थपे, ‘ सहिदका सपना राति सुतेर देखिने सपना होइन। सहिदका सपना भनेको देशलाई के बनाउने, आकांक्षाहरु के राखिएको थियो। ती उद्देश्य, लक्ष्यलाई सपना भन्ने गरिन्छ। राति निदाएर देख्ने होइन।’

उनले अगाडि थपे, ‘१ वर्षलाई के गर्न सकिन्छ? त्यसपछि कहाँ पुग्ने भन्ने लक्ष्य हो सपना। दिगो विकास लक्ष्य एउटा सपना हो। संयुक्त राष्ट्र संघले देखेको सपना हो। यो सपना राति निदाएर देखेको सपना हैन। छलफल, सोचविचार गरेर देखेको सपना हो। देखेको मात्रै होइन, निदाएर मात्रै सपना देखिन्छ भन्ने नबुझ्न आग्रह गर्छु।’
विपक्षी दलका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई निबन्ध भनेकोप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘आलोचनात्मक ठाउँ भेट्टिएनछ। त्यसैले निबन्ध भनेर टुंग्याउनुभएछ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४