Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २४ २०७६
  • 3.9K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमबारे सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

मंगलबार संघीय संसदका दुवै सदनमा ओलीले छुट्टाछुट्टै जवाफ दिन लागेका हुन्। प्रतिनिधि सभामा १ बजे अघि र राष्ट्रिय सभामा १ बजेपछि जवाफ दिने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ।

त्यसअघि ११ बजे सुरु हुने प्रतिनिधि सभाको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रम माथि छलफलमा भाग लिदैँछन्। नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ शब्द प्रयोगलाई लिएर सांसदहरुले सरकारको आलोचना गरेका थिए।

त्यस्तै नीति तथा कार्यक्रम महत्वकांक्षी भएको, कार्यान्वयन गर्न नसकिने खालको भएको भन्दै प्रतिपक्षीले आलोचन गरेको छ। प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्र रहेको टिप्पणी गरेका थिए।

त्यस्तै राजपा नेपालले संविधान सर्वस्वीकार्य भैसकेको भन्ने उल्लेख गरिएकोमा आपत्ती जनाएको थियो। सत्तापक्षका सांसदहरुले भने नीति तथा कार्यक्रमको बचाउ गर्दै आएका छन्।

प्रतिनिधिसभाको बैठक अहिले ११ बजे सुरु हुदैँछ। राष्ट्रियसभाको बैठक भने १ बजेदेखि हुनेछ।  सरकारले नीति तथा कार्यक्रम आजै पास गर्ने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४