Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछाप जिल्ला समन्वय प्रमुखमा कार्की सहित प्यानल निर्वाचित !


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २९ २०७९
  • 6.4K
    SHARES

काठमाडौं । रामेछाप जिल्ला समन्वय समिती रामेछापको सभापतीमा कांग्रेस नेत्री चिना खड्का (कार्की) प्यानल सहित निर्वाचित भएकी छिन् । कांग्रेस नेत्री कार्की र नेकपा एमालेका उम्मेदवार तुलाप्रसाद कंडेल बिच चुनावी प्रतिस्पर्धा भएको थियो । चुनावी प्रतिस्पर्धाबाट कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेद्वारी दिएकी कांग्रेस नेत्री कार्की बिजय भएकी हुन ।

कार्कीले ९ मत ल्याएर बिजय भइन भने कडेलले ६ मत मात्र पाए । त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका नेता प्रेम बहादुर थापा १०, सदस्यहरुमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका बाबुलाल योन्जन, अनिता माझी , बिरबहादुर कार्की, र माओवादी केन्द्र बाट उम्मेद्वारी दिएका हिराकुमारी गिरी,डम्बर कुमारी रसाईली, बिन्दा सार्की, बिक्रम थापामगर बिजय भएका छन् । समन्वय प्रमुख भन्दा अन्य पदमा सबै उम्मेदवार हरुको १०÷१० मत रहेको छ । समन्वय प्रमुखम कार्कीलाई भने ९ मत मात्र परेको छ । नेकपा एमालेका उम्मेद्वारहरुको भने ६ – ६ मत मात्र रहेको छ ।

स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले ३ प्रमुख सहित ४ उपप्रमुख गरी ७ सिटमा जित हात पारेको थियो । नेकपा एमालेले पनी ३ प्रमुख सहित ३ उपप्रमुख गरी ६ सिट जितेको थियो । माओबादी केन्द्रले २ प्रमुख सहित १ उपप्रमुखमा जित हात पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४