Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यरातमा भयो काठमाडौंको फोहोर उठ्ने १८ बुँदे सहमति, शुक्रबारबाटै फोहोर उठ्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ २७ २०७९
  • 3.6K
    SHARES

काठमाडौं उपत्यकामा भएको फोहोर उठाउने सहमति भएको छ । शुक्रबार मध्यरातमा भएको १८ बुँदे सहमतिपछि अब काठमाडौंको फोहोर शुक्रबार विहानबाट उठाउने र बन्चरेडाँडामा विसर्जन गर्ने भइएको छ ।

सिसडोल बन्चरेडाँडा कुँडुँले ल्याण्डफिल साइटमा फोहोरमैला व्यवस्थापन सहजताका लागि भएको सहमतिमा काठमाडौं महानगरपालिकाले एक महिनाभित्र फोहोरको दुर्गन्ध नआउने गरि व्यवस्थापन गर्ने सहमति भएको छ ।त्यस्तै, अब फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा रातीको समयमा गर्ने भइएको छ ।

एक महिनाभित्र नै फोहोरबाट लिच्चड नचुहिने व्यवस्था गर्ने पनि काठमाडौं महानगरपालिकाले सहमति जनाएको छ ।

प्रभावित क्षेत्रको शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने, त्यो क्षेत्रमा हरियाली क्षेत्रका रुपमा विकास गर्ने, कृषि प्रवद्र्धनका कार्यक्रमहरु सन्चालन गर्न सहयोग गर्ने, काठमाडौं महानगरपालिकाले त्यो क्षेत्रको विकास निर्माणका लागि वार्षिक बजेट विनियोजन गर्ने पनि सहमति भएको छ ।

सहमति पत्रमा काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी १ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ वलामी, वडा २ का अध्यष तिलक बहादुर लामा, धुनिवेशी नगरपालिका १ का अध्यक्ष श्रीमान बहादुर तामाङ र धुनिवेशी २ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।

सहमति भएअनुसार २७ गतेबाट नै उपत्यकाको फोहोर विसर्जनको अवरोध हटाएर सुचारु गरिने भएको छ । 

हेर्नुहोस्, सहमतिपत्रः

​

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४