Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तिम खेलमा नेपालले मलेसियालाई हरायो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २६ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।

युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको हो ।

जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन मात्र बनायो ।

मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन जोडिन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालकी कृतिका मरासिनीले २ र मनिषा कुमारी उपाध्यायले १ विकेट लिईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।

नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६, सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३र३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् ।

मलेसियाकी नुर डानिया अब्दुल सामदले २ तथा एलिस हुन्तरले एक विकेट लिइन् ।

यस जितसँगै नेपालले छनोटमा सुखद अन्त्य गरेको छ । नेपालले छनोटमा ६ अंक जोडेर तेस्रो स्थान हासिल गरेको छ भने मलेसियाले ५ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा हासिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४