Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २४ २०७९
  • 6.6K
    SHARES

काठमाडौं । नेपाल यू–१९ महिला विश्वकपमा छनोट हुन असफल भएको छ ।

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डसँग पराजित भएसँगै विश्व कप खेल्ने नेपालको सपना अधुरै भएको छ ।

मलेसियाको युकेएम ओभलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्ने छ । छनोटको शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा अलआउट हुँदै ४० रन मात्र बनाउन सक्यो । नेपालका लागि सृष्टि जैशीले अविजित ७ रन बनाइन । साना प्रविनले ६, अनु कडायतले ५ रन जोडिन् ।

यस्तै, कृतिका मरासिनीले ३, अन्जली विश्वकर्माले ३, रन्जु श्रेष्ठले १ र स्नेहाले १ रन जोडिन । सानु राजवंशी र मनिषा राना शून्य रनमा आउट भए । थाइल्याण्डका नन्थिता बोसुखामले ३ विकेट लिइन ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन बनाएको थियो । नेपालकी मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले २/२ विकेट लिए । स्नेहा महराको नाममा एक विकेट रह्यो ।

नेपालको यो दोस्रो हार हो । नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो। तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।

यस्तै, तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । थाइल्याण्डको यो लगातार चौंथो जित हो । थाइल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४