Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियसभाको शून्य समयमा बलात्कारीलाई कारबाहीदेखि बर्दियाका गोली काण्डसम्मका प्रसङ्ग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ २४ २०७९
  • 3.2K
    SHARES

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले विभिन्न समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले विभिन्न समसामयिक विषयवस्तुमाथि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले कैदीबन्दीलाई राख्ने गरेको कारागार अत्यन्तै जीर्ण र जोखिममा रहेकोले कुनै पनि घटना हुनुभन्दा अघि त्यतातिर ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपालमा आयोनुनमा आयोडिनको मात्रा अत्याधिक बढी रहेकोप्रति नागरिकहरू त्रसित रहेकोले वास्तविकता जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बर्दियामा बाघले आक्रमण गरेर मृत्यु हुने क्रम बढिरहेकोले त्यसप्रति सुरक्षा माग गर्दा सरकार पक्षद्वारा गोली चलाइएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हावा चल्नासाथ बिजुली र सञ्चार टावर टुट्ने समस्याको समाधानका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले सरकारले तत्काल रगतमा गरेको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले सरकारले बलात्कारजस्ता घटनामा गम्भीर चासो नदिएको आरोप लगाउँदै महिला हिंसा सरकारको पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, राष्ट्रियसभा सदस्य सुमित्रा बिसीले महिला हिंसाविरुद्धका कडा कानून छिटो ल्याउन माग गर्नुभयो । उहाँले बाँकेको राप्तीस्थित सोनारी गाउँपालिकाकी १६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गर्नेहरूलाई तत्काल कडा कारबाही गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४