Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेञ्चुरी बैंकको पथरी र इनरुवा मा २ नयाँ शाखा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १७ २०७९
  • 9.7K
    SHARES

 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति मिति २०७९ जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्लाकोे पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवतीरोड मा इनरुवा शाखा बाट सेवा प्रारम्भ गरेको हो ।

पथरी शाखा बैंकका संचालक समिति सदस्य श्री मनबहादुर राईज्यू र पथरी शनिश्चरे नगरपालिकाको मेयर श्री मोहनप्रसाद तुम्वापोज्यूले पथरी शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य श्री अभिषेक बर्जचार्यज्यू, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष श्रीमती आशा राईज्यू, पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष श्री भिम कुमार राईज्यू, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको श्री राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य श्री अभिषेक बर्जचार्यज्यूू र इनरुवा नगरपालिकाको मेयर श्री केदार भण्डारीज्यूले संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत श्री मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाको उपमेयर श्रीमती विनिता मेहताज्यू, इनरुवा नगरपालिकाको पूर्व मेयर श्री गोपाल कोईरालाज्यू, इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष श्री गिरीराज अटलज्य, बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४