Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जब सांसद रोष्ट्रममा ताला र चाबी लिएर पुगे …


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १४ २०७९
  • 5.7K
    SHARES

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि छलफल चलिरहेको छ । सत्तारुढ र विपक्षी दलका सांसदहरु नीति तथा कार्यक्रममाथि धारणा राखिरहेका छन् ।

त्यही क्रममा शनिबार प्रतिनिधिसभाको रोष्ट्रममा जुम्लाबाट निर्वाचित सांसद गजेन्द्र बहादुर महत ताला र चाबी लिएर पुगे । उनका अनुसार उनी ताला चाबी लिएर रोष्ट्रम उक्लनुको कारण हो– बोल्नका लागि कम समय दिइनु ।

महत माओवादी केन्द्रका सांसद हुन् । माओवादी केन्द्रबाटै सांसदमा निर्वाचित अग्निप्रसाद सापकोटा सभामुख छन् । सांसदहरुलाई बोल्न दिँदा समयमा विभेद गरिएको भन्दै सांसद महतले सभामुखलाई ताला र चाबी बुझाए ।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बोल्न सांसदहरुलाई समय निर्धारण गरिएको छ । पूर्व प्रधानमन्त्री र राष्ट्रिय दलका संसदीय दलका नेतालाई समय निर्धारण नगर्ने अभ्यास छ । यही अभ्यासप्रति आक्रोश पोख्दै उनले भने, ‘गाली गर्न ३ घण्टा, कर्णालीका कुरा सुन्न ३ मिनेट ?’

बिहीबार नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले करिब ३ घण्टा बोलेका थिए ।

‘हिजो प्रतिपक्षको हर्कत हेर्दा बोल्न पाइने होइन कि लागिराछ । त्रासमै थिएँ म । अहिले पनि ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भनेर म चिन्तामै छु’, महतले संसदमा भने, ‘त्यसो भएको हुनाले उहाँहरुले धित मरुञ्जेल गाली गर्नुहुन्छ । फेरि, धित मरेपछि अवरोध गर्न खोज्नुहुन्छ । ताला लगाउन खोज्नुहुन्छ । त्यसकारण मैले ताला र चाबी ल्याएको छु, सभामुख महोदय । तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला । त्यसपछि हामी बोल्नेबेला ताला चाबी लगाइदिनुहोला ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४