Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १२ २०७९
  • 5.2K
    SHARES

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ ।

आतंकवादमा आर्थिक सहयोग र आपरााधिक षडयन्त्रमा संलग्न भएको अभियोगमा यासिनलाई दोषी ठहर गरिएको हो । उनी बिरुद्धको मुद्दामा मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको बयान दिए पनि नयाँ दिल्लीको अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय दिएको हो ।

मलिक सहित अन्य सात जनालाई सन् २०१९ को मे २५ मा कश्मिरको श्रीनगरबाट पक्राउ परेका थिए । मलिकसँगै सोही मुद्दामा दोषी ठहर गर्दै अन्य २ जनालाई आजीवन काराबास र ५ जनालाई १० बर्षको सजाय सुनाइएको छ ।

मुस्लिम बाहुल्य कश्मिरमा सन् १९८९ मा भारत विरुद्ध सशस्त्र विद्रोह सुरु भए यता दशौं हजार मानिस मारिएका छन् । मलिकलाई जन्मकैद सजाय दिइएपछि उनकी श्रीमतीले ट्वीट गर्दै भारतीय अदालतलाई कङगारु अदालतको संज्ञा दिएकी छन् । तर, यासिनले आत्मसमर्पण नगर्ने पनि उनले जनाएकी छन् ।

उता, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले मलिक प्रकरणलाई भारतीय लोकतन्त्रका लागि कालो दिन भनेका छन् । शारिरीक रुपमा मलिकलाई कैद गरेपनि स्वतन्त्रताको बिचारलाई कैद गर्न नसक्ने सरिफको तर्क छ ।

जम्मु कश्मिीर लिवरेशन फ्रन्टका नेता मलिकलाई मृत्युदण्डको सजाय माग गरिएकोमा अदालतले जन्मकैदको सजाय सुनाएको हो । फैसला सुन्न अदालत अगाडि सयौं मानिस जम्मा भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४