Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एशियाडका लागि भलिबलका ३५ महिला खेलाडी छनोट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २८ २०७९
  • 6.8K
    SHARES

काठमाडौं । चीनको हाङ्गझाउमा आयोजना हुने १९ औं एसियाली खेलकुद ‘एशियाड’ का लागि नेपाल भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ ।

संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले छैटौं आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगबाट ३५ खेलाडी छनोट गरेको हो ।

पहिलो चरणमा छनोट हुन सफल खेलाडीहरुमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगती नाथ, सरस्वती जैशी, कामना बिष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ्ग, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाङ्गी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रीमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेशमा भण्डारी, हिरा के.सी., उषा बिष्ट, मनिषा खाँड रहेका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदिश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक) सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

एसियन गेम्स स्थगित भईसकेको छ । कोरोना महामारीको कारण एसियन गेम्स स्थगित गरिएको हो ।

यस अघि एसियन गेम्स भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका रहेको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४