Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेलाई कांग्रेसको प्रश्नः उत्तरबाट रेल ल्याउने भनेको, आयो ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २६ २०७९
  • 7.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग अघिल्लो चुनावमा गरेका वाचाहरू पूरा नगरेको आरोप लगाएको छ ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाश शरण महतले केपी ओलीले गरेको वाचाहरूको फेहरिस्त लामो हुने भन्दै कुराले मात्रै देश नबन्ने बताए । ‘उहाँ त कुरा गर्नुहुन्छ । कुराको लामो फेहरिस्त छ उहाँको,’ प्रवक्ता महतले भने, ‘पानीजहाज ल्याउने । पानीजहाजको कार्यालय त खुल्यो । उहाँका ठूलठूला तस्वीर काठमाडौंको सडकमा फूल साइजमा त लगाइए । तर, पानी जहाज आयो ? पानीजहाज त कलकत्तामै छ ।’

उनले पुनः प्रश्न गरे, ‘रेल आयो ? उत्तरबाट रेल ल्याउने भनेको होइन ? रेल ल्याउनु त कता हो कता सर्वेक्षण लाइसेन्सको सम्झौता पनि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अस्ती चिनियाँ विदेशमन्त्री आउँदाखेरी भयो ।’

महतले भने, ‘सर्वेक्षणको सम्झौतासम्म उहाँले गर्न सक्नु भएको रहेनछ । अब रेल ल्याउने कुरा उहाँ गर्नुहुन्छ ।’कुरा गर्न सजिलो भए पनि काम गर्नका लागि भिजन र इमान चाहिने तर, एमालेसँग यी केही पनि नभएको बताए । ‘झुठोमाथि झुठो । ग्याँस पाइपलाइन जोड्ने घरघरै भनेर समेत भने । कुराले त जे पनि जोडिन्छ । चन्द्रमा नै पुगिन्छ । कल्पनामा त पुगिन्छ । उद्देश्य के लिनु उडु छुनु चन्द्र । तर, साँच्चिकै पुग्नलाई त कति मिहिनेत पर्छ । त्यसै हुन्छ ?’ उनले प्रश्न गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४