Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको मृत्युको रहस्य यस्ताे रहेछ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २६ २०७९
  • 4.7K
    SHARES

यसै वर्षको जनवरीमा अमेरिकाका डाक्टरहरूले ५७ वर्षीय डेभिड बेनेटको शरीरमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका थिए । तर, दुई महिनापछि उनको मृत्यु भयो । अहिले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का अनुसन्धानकर्ताहरूले उनको मृत्युको कारण भनेका छन् । सुँगुरको मुटुमा पोर्साइन भाइरस रहेको उनीहरुको भनाइ छ, जसका कारण बेनेटको मृत्यु भएको आशंका गरिएको छ ।

भाइरस सुँगुरको मुटुमा लुकेको थियो

शल्यक्रिया गर्ने एक डाक्टर मोहम्मद मोहिउद्दीनले जनवरी ७ मा प्रत्यारोपण गर्दा बेनेटको अवस्था निकै कमजोर भएको बताए । यस्तो अवस्थामा पिग साइटोमेगालोभाइरस (पोर्साइन) नामको यो भाइरसले बेनेटको मृत्यु भएको हुनसक्छ ।

चिकित्सकहरुका अनुसार प्रत्यारोपणपछि बेनेट निको हुँदै गएको थियो र एकदिन अचानक उनको स्वास्थ्य बिग्रियो । त्यसपछि उनलाई विभिन्न किसिमका औषधि खुवाइएको थियो । उपचारको क्रममा उनको मुटु फुल्यो, पानीले भरियो र त्यसपछि उनको मृत्यु भयो ।

रिपोर्टका अनुसार बेनेटको शरीरमा सुँगुरको मुटु ठीकसँग धड्किरहेको बेला त्यसमा कोषहरू जम्मा भइरहेका कारण मुटुले पूर्ण रूपमा आराम गर्न सकेन । एक परीक्षणमा मुटुमा पोर्साइन भाइरस पनि भेटिएको थियो, जसका कारण मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ । यद्यपि यो भाइरसले संक्रमण फैलाएको हो वा होइन भन्ने अझै टुंगो लागेको छैन ।

सुँगुरको मुटु किन प्रत्याराेपण ?

मेरील्याण्डमा बस्ने बेनेट लामो समयदेखि मुटुको समस्याबाट ग्रसित थिए । समस्या बढ्दै गएपछि अन्तिम विकल्पका रूपमा सुँगुरको मुटु प्रत्यारोपण गर्ने योजना बनाइएको थियो । जब बेनेटलाई यसबारे बताइयो, उनले भने कि मसँग दुईवटा मात्र विकल्प छन्- मृत्यु वा प्रत्यारोपण। यो अँध्यारोमा तीर हाने जस्तै हो, तर म बाँच्न चाहन्छु ।

सुँगुरको मुटु मात्र किन ?

अंग प्रत्यारोपण रिपोर्टहरूले सुझाव दियो कि सुंगुरको मुटु मानिसमा प्रत्यारोपणको लागि उपयुक्त थियो, तर सुँगुरको कोशिकाहरूमा अल्फा-गल सुगर सेल हुन्छ । मानव शरीरले यो कोशिकालाई स्वीकार गर्दैन, जसका कारण बिरामीको मृत्यु पनि हुन सक्छ । यस समस्यालाई हटाउन पहिले सुँगुरलाई आनुवंशिक रूपमा परिमार्जन गरिएको थियो ।

एजेन्सीकाे सहयाेगमा 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४