Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध सर्वोच्चमा परेको रीटमाथिको बहस सकियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २२ २०७९
  • 8.4K
    SHARES

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको रीटमाथिको बहस सकिएको छ ।

एआईजी विश्वराज पोखरेलले गत सोमबार दायर गरेको रिटमाथि बुधबारदेखि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस सुरु भएकोमा आज दुवै पक्षको बहस सकिएको हो ।

बिहीबार भएको बहसमा पूर्व महान्यायाधीवक्ता रमेश वडाल र वरिष्ठ अधिवक्ता सुनील पोखरेलले बहस गर्नुभएको थियो । उहाँहरु दुवै जनाले प्रहरीमा बरियता मिच्ने परम्परा नै बसाल्न खोजिएको भन्दै पोखरेलको पक्षमा अन्तरिम आदेश माग गर्नु भएको थियो ।

यस्तै अधिवक्ताहरू सानुराजा पोखरेल, ललित बस्नेत र माधव बस्नेतले पनि पोखरेलको पक्षमा बहस गर्नुभएको थियो ।

बहस सकिएसँगै आदेश तयार गर्ने काम भईरहेकाले रिट उपर बिहीबार नै आदेश आउने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

बुधबार भएको बहसमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गर्नुभएको थियो भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईले बहस गर्नुभएको थियो ।

सरकारले गत आइतबार एआइजी धिरतप्रताप सिंहलाई आइजीपी नियुक्त गरेपछि अर्का एआइजी पोखरेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४