Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २० २०७९
  • 6.8K
    SHARES

काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ ।

सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए । ‘स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको बुझिएको छ, उनीहरूको खोजी भइरहेको छ ’ उनले भने ।

गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४