Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनको मारियुपोलमा फसेका सयाैं मानिसकाे उद्धार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १९ २०७९
  • 8.2K
    SHARES

काठमाडौं । युक्रेनको मरियुपोलमा फसेका १ सय जनालाई महिनौपछि उद्धार गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार राजधानी मारियुपोलबाट १ सय जना युक्रेनी नागरिकको उद्धार गरिएको हो । रुसी सेनाको घेराबन्दीमा परेको उक्त शहरमा फसेका युक्रेनी नागरिकको युक्रेनी सेनाले रेडक्रसको सहायतामा उद्धार गरेकाे हो । सो शहरमा स्टील कारखानामा फसेका २० जना नागरिक भाग्न सफल भएका थिए । बाँकीको केही घण्टापछि उद्धार गरिएको हो ।

उद्धार गरिएकालाई युक्रेन नियन्त्रित शहर जापोरिजियामा लगिएको छ । यसैबीच उद्धार गरिएकाहरूले महिनौंदेखि बालबालिकासहित आफूहरु फसेको यद्दपी अन्तमा उद्धार गरिएको भन्दै खुशी व्यक्त गरेका छन।

रुसी सेनाको कब्जामा गएको मारियुपोल शहरमा मात्रै युक्रेनी सेना र सर्वसाधारण गरी १ लाख जना फसेकोमा १ हजार जना सर्वसाधारण स्टील कारखानमा फसेको बताइएको छ । रुसी सेनाले सो शहरमा चारैतिरबाट बख्तरबन्द गाडीहरू तैनाथ गर्नुका साथै सर्वसाधारण र युक्रेनी सेनालाई चारैतिरबाट घेराबन्दीमा पारेको छ ।

यसबीच युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले युक्रेनी सेनाको प्रशंसा गर्दै मारियुपोल शहरबाट उद्धार गरिएका नागरिकलाई चाँडै नै भेट्ने समेत बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४