Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वरियता मिचेर प्रहरी आइजीपी बनाएकोप्रति शेखर कोइरालाको असन्तुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १८ २०७९
  • 6.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले वरियता मिचेर नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी ) नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ ।

कोइरालाले सामाजिक संजाल ट्वीटर मार्फत असन्तुष्टि जनाउनु भएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई आइजीपी नबनाई तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आइजीपी बनाउने निर्णय गरेको थियो ।कोइरालाले वरियता मिचेर सरकारले गरेको निर्णयले सिंगो प्रहरी संगठनलाई फेरी विबादमा ल्याएको ट्वीटमा उल्लेख गर्नुभएको छ ।

नेपाल प्रहरीको कमाण्ड समाल्न ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकबीच प्रतिस्पर्धा थियो । उनीहरु चारैजना २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए ।
तर एउटै मितिमा भर्ना भएपनि एआइजीमा भने फरक समयमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मङ्सिर २५ मा एआईजीमा बढुवा गरेको थियो । सहकुललाई ओली नेतृत्वकै सरकारले २०७८ असार २४ मा एआईजी बनाएको थियो ।

बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप र रविन्द्रलाई भने २०७८ चैत १७ मा एआइजी बनाएको थियो ।

विश्वराज भन्दा १६ महिनापछि बढुवा भएका धिरजलाई देउवाले प्रहरी महानिरीक्षक बनाउनु भएको हो । एक पूर्व प्रहरी अधिकृतले सरकारको यस्तो निर्णयले चेन अफ कमाण्डमा रहने नेपाल प्रहरीमा राजनीति घुसाएर सरकारले यही बैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावको मुखमा विबाद निम्त्याएको बताए । विश्वराजलाई ओली सरकारले एआइजी बनाएको भन्ने ट्याग लगाएर वरियता मिच्नु गल्ती भएको पूर्व प्रहरी अधिकारीहरुको भनाई छ । विश्वराजलाई एआइजी बनाउन ओली सरकारलाई त्यतिबेला कांग्रेसकै नेताहरुले पनि दवाब दिएका एक कांग्रेस नेताले इमेज खबरलाई बताए । किनकि विश्वराज इमान्दार प्रहरी अधिकृत रहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४