काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।
जगन्नाथ पौडेलको चुनाव चिह्न भुइँकटहर :

भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ ।
भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल राष्ट्रियसभाका पूर्वसांसद हुन् ।
निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।
बालेन शाहले पाए लौरो :
काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाहले चुनाव चिह्न पाएका छन् । शाहले शनिबार लौरो चुनाव चिह्न पाएका हुन् ।
गणेश पौडेलको चुनाव चिह्न पनि लौरो : पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ‘लौरो’ चुनाव चिह्न पाएका छन्।
अटेरीले चुनाव चिह्न ‘लौरो’ नपाउने
आयोगसँगको रस्साकस्सीपछि गणेशले पाउने भए ‘लौरो’
धगनढीको मेयरका स्वतन्त्र उम्मेदवार हमालको चुनाव चिह्न आँप :
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न आँप पाएका छन् । शनिवार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो ।
