Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतपुरका बागी उम्मेदवार पाैडेलले खाँणलाई भने- ‘नफर्किने ठाउँमा पुगिसकेकाे छु’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १५ २०७९
  • 11.9K
    SHARES

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणलाई पनि उम्मेदवारी फिर्ता नलिने जवाफ दिएका छन् ।

आज बिहान गृहमन्त्री खाँणलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले उम्मेदवारी फिर्ता नहुने ठाउँमा पुगिसकेको जवाफ आफूले दिएको जानकारी दिए ।

उनले भने, ‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको (गृहमन्त्री खाँणको) भनाइ हो । म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनें ।’

उनले भने, ‘यो चितवनका साथीहरुको मान मर्यादा, प्रतिष्ठा, उहाँहरुको भविष्यसँग जोडिएको कुरा हो । यो मैले एक्लै निर्णय गर्ने विषय होइन । त्यसो भएको हुनाले मलाई गाह्रो छ । यो गर्न म सम्भव देख्दिनँ ।’

आफूलाई भेट्न आफ्नै घरमा आइपुगेका गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणलाई नेता पाैडेलले यस्ताे बताएका हुन् ।

खाँण बिहीबार बिहान पाैडेलकाे घर पुगेका थिए । त्यसक्रममा पाैडेलले यस्ताे बताएका हुन् । ‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको आग्रह थियाे,’ उनले भने, ‘म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनेँ नेता पाैडेलले ।

गृहमन्त्री खाँणले फेरि छलफल गर्ने प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी पनि उनले दिए ।

पौडेललाई भेटेपछि गृहमन्त्री खाँणले भने, पौडेलले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे । खाँणले भने, ‘जगन्नाथ पौडेलले पार्टीको निर्णय मान्नुहुन्छ भन्ने मेरो विश्वास छ, पार्टीको निर्णय सबैले मानेर जान्छन् ।’ पौडेल कांग्रेसको प्रतिबद्ध कार्यकर्ता भएको भन्दै खाँणले पार्टीको निर्णय कार्यान्वयनमा उनले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४