Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले अझै टुङ्ग्याउन सकेन महानगरकै उम्मेदवार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ११ २०७९
  • 6.6K
    SHARES

काठमाडाैँ । आगामी वैशाख ३० मा हुन लागिरहेकाे स्थानीय तहकाे दाेस्राे निर्वाचनका लागि निर्वाचन आयाेगले आइतबार र साेमबार अर्थात् आज र भाेलिका लागि मनाेनयन दर्ताकाे समय छुटाएकाे छ । त्यसका लागि आयाेगले दुवै दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मकाे समय ताेकेकाे छ । जसअनुसार निर्वाचनमा सहभागी हुने दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउँदै छन् ।

तर, सरकारकाे नेतृत्वकर्ता दल नेपाली कांग्रेसले भने मनाेनयन दर्ता कार्यक्रम शुरू भइसक्दा पनि उम्मेदवार टुङ्ग्याउन सकेकाे छैन । कांग्रेसले पाँचदलीय गठबन्धनमा बनेकाे सहमतिअनुसारकाे महानगर र उपमहानगरकाे उम्मेदवार टुङ्ग्याउनसमेत नसकेकाे हाे । कांग्रेसकाे भागमा काठमाडाैँसँगै विराटनगर र ललितपुर महानगर परेकाे छ ।

तर, कांग्रेसले काठमाडाैँबाहेक अन्य दुई महानगरमा भने उम्मेदवार टुङ्ग्याउन सकेकाे छैन ।

उम्मेदवारहरू टुङ्ग्याउने एजेन्डाका साथ आजै बिहान मात्रै पनि कांग्रेसकाे बैठक बसिरहेकाे छ । याे बैठकले भने उम्मेदवारहरूकाे टुङ्गाे लगाउने सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनकाअनुसार आज कांग्रेसले महानगर र उपमहानगरकाे उम्मेदवारहरू टुङ्ग्याउनेछ ।

अर्का एक नेताकाअनुसार बिहान ९ बजे शुरू भएकाे बैठक एउटा सहमतिका साथ सकिने छ भने ११ बजे केन्द्रीय कार्यसम्पादनकाे बैठक बसेर उम्मेदवारहरू टुङ्ग्याउनेछ । आफ्नो भागमा परेकाे महानगर काठमाडाैँकाे प्रमुखको उम्मेदवारमा सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको प्रमुखमा कसलाई उम्मेदवार बनाउने भन्ने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४