Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेलम्चीको पानी आजदेखि काठमाडौँमा वितरण गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ११ २०७९
  • 6.7K
    SHARES

काठमाडौँ– दश महिनापछि आजदेखि मेलम्चीको पानी पुनः काठमाडौँबासीको घर–घरमा वितरण सुरु हुँदैछ ।

गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको केही समयमै बाढीले क्षति पुर्‍याएको थियो ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घर–घरमा पानी वितरण हुनेछ ।

नेपाल सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो ।

झण्डै तीन दशक अघि पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले उपत्यकाबासीलाई मेलम्चीको पानी उपलब्ध गराउने भनी देख्नू भएको सपना अब पूरा हुने भएको छ ।

मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पुनः पथान्तरण गरेको थियो ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउनेछ । तर यो काठमाडौँका लागि पर्याप्त हुँदैन ।

मेलम्चीको सुरुङमार्ग प्रयोग गरी याङग्री र लार्केखोलाबाट दैनिक थप ३४ करोड लिटर पानी काठमाडौँ ल्याउने योजनाबारे दार्त निकाय, विज्ञ, तथा सरोकारवाला निकायसँग परामर्श भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४