Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बन्दसूचीबाट नाम हटाउन समयसीमा आजसम्म


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १० २०७९
  • 6.5K
    SHARES

काठमाडौँ । निर्वाचन आयोगले बन्दसूचीबाट नाम हटाउन आजसम्मको समयसीमा तोकेको छ । आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ नाम भई स्थानीय तहमा उम्मेदवार हुन चाहने व्यक्तिको नाम बन्दसूचीबाट हटाउन आजसम्मको समयसीमा तोकेको हो ।

स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुनेछ । २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा नाम रहेका उम्मेदवारको नाम स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता अगावै फिर्ता लिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

उनकाअनुसार कानुन बमोजिम बन्दसूचीमा बुझाइएका उम्मेदवारको नाम प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालभर कायम रहन्छ ।

सूचीमा रहेका व्यक्तिको नाम फिर्ता नभएसम्म एउटै व्यक्ति एकभन्दा बढी निर्वाचनमा भाग लिन नपाउने व्यवस्था छ । साथै बन्दसूचीबाट नाम हटाउन दलकै निर्णय आवश्यक पर्ने प्रवक्ता पौडेलले बताए । ‘स्वयंले बन्दसूचीबाट नाम हटाउन आयोग समक्ष निवेदन दिएको जानकारी दिनुभएको छ ।

ऐन बमोजिम व्यक्तिको माग बमोजिम बन्दसूचीबाट नाम हटाउन मिल्दैन’ उनले भने, ‘स्थानीय निर्वाचनमा उम्मेदवार हुन चाहेमा बन्दसूचीमा मनोनयन गर्ने राजनीतिक दलले निर्णय गरी नाम हटाउन आयोग समक्ष निवेदन दिनुपर्छ ।’

यसैबीच निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको अवस्थामा मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन नसकिने प्रस्ट्याएको छ ।

नामावलीमा मतदाताको नाम संशोधन, परिमार्जन, थपघट, हेरफेर वा सच्याउन कार्य अब स्थानीय तहको निर्वाचनपछि मात्रै हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४