Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावको घोषणापत्र बेचेर लाख कमाई !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ९ २०७९
  • 8.6K
    SHARES

पोखरा । राजनीतिक पार्टीको चुनावी घोषणापत्र किन्नुभएको छ ? सित्तैमा पाएपनि पढ्दैनन् अचेल नागरिकहरू । किनकि घोषणापत्रमा लेखिएका कामहरू पार्टीले चुनाव जितेपनि कार्यान्वयन हुँदैन ।

उनीहरू घोषणापत्र पढ्दापढ्दै आजित भइसके । तर स्वतन्त्र उम्मेदवारले बनाएका घोषणापत्र पढ्ने मात्रै होइन, किनेका छन् पोखरेलीले । अटेरी अभियान अन्तर्गत उम्मेदवारी दिन लागेकाहरूले घोषणापत्र बेचेरै चुनावी खर्चको जोहो गर्न लागेका हुन् । कार्य योजना पत्र बेचेर अहिलेसम्म ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको अटेरी अभियानले जनाएको छ ।

अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्य योजनापत्र चोकचोकमा बसेर बेच्न थालिएको हो । ‘पैसा नहुनेहरू पनि चुनाव लड्न सक्छन् भन्ने सन्देश दिन चाहन्छौँ हामी । करोडौँ खर्च गरेर चुनाव जित्नेहरूले जनताका लागि काम गर्दैनन्,’ उनले भने, ‘खर्च बढी गर्नेहरू निर्वाचित भएपछि आफ्नै खर्च उठाउन लाग्छन् । अटेरी अभियानका उम्मेदवारहरू विना पैसा चुनाव लड्नुहुन्छ ।

अटेरीले पोखरा लक्ष्य कार्य योजनापत्र २०७९ सार्वजनिक गरेपछि वडा वडामा पनि वडालक्ष्य सार्वजनिक गरी रहेको छ । स्थानीय तहलाई दलीय हुनबाट रोक्न अटेरीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । अहिले यो अभियान देशव्यापी बनेको छ ।

हालसम्म देशभर ४२ सय ८७ जनाले उम्मेदवारी घोषणा गरी सकेका पोखराको मेयरका दाबेदार गणेश  पौडेलले बताए । पोखरामा मेयरसहित १८ जनाले अटेरी उम्मेदवारी घोषणा गरिसकेका छन् । अटेरीले कार्य योजनापत्र प्रतिगोटा २५ रुपैयाँका दरले बेचेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४