काठमाडाैँ । ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा मृत्यु हुने भारतीय नागरिक भएको खुलेको छ ।
ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार भारतको बिहारका वृज मोहन महतोको मृत्यु भएको हो ।
अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनालाई पाटन अस्पताल लगिएको छ । एक जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू पनि भारतीय नागरिक भएकाे प्रहरीले जनाएकाे छ ।
