Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पीडितका बुबाले पनि अदालतमा भने– ‘पल शाह निर्दोष छन्, दबाबमा जाहेरी दिएँ’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ७ २०७९
  • 4.1K
    SHARES

काठमाडाैँ । कालाकार पल शाहमाथि बलात्कारको जाहेरी दिएका पीडितका बुबाले नै पल शाह निर्दोष रहेको बताएका छन् । जिल्ला अदालत तनहुँमा मंगलबार बकपत्रका क्रममा उनले पल शाह निर्दोष रहेको भन्दै सजाय नगर्न समेत माग गरेका हुन् ।

सुरुमा दबाबमा परेर जाहेरी दिएको तरअहिले बुझ्दै जाँदा पल शाह निर्दोष रहेको थाहा भएको उनको बकपत्रमा उल्लेख छ ।

छोरी नाबालिग भएका कुराण उनले प्रहरीमा जाहेरी दिएका थिए । सोमबार पीडितसँग अदालतमा बयान हुँदा पनि उनी साथै थिए । सामाजिक सञ्जालमा आएको कुरालाई लिएर आफू जाहेरी दिन दबाबमा परेको उनले बताएका हुन् ।

सामाजिक सञ्जालमा आएका कुरालाई लिएर म माथि केही व्यक्तिले दबाब दिए । त्यस कारण जाहेरी दिन बाध्य भएको थिएँ । तर जाहेरीमा भएका कुरा झुटा हुन् । आज मैले गरेको बयान साँचो हो । पछि बुझ्दै जाँदा झुटो भएको थाहा भयो । पल शाह निर्दोष छन् । उनलाई सजाय हुनुहुँदैन’, जाहेरवालाको भनाई उदृत गर्दै पल शाहका वकिल कमलामोहन वाग्लेले भने ।

यसअघि पीडितले पनि आफूमाथि बलात्कार नभएको र यसअघि उनको नाममा भएको घटना विवरण पनि सत्य नभएको बताएकी थिइन् ।

अदालतमा गएर बयान दिएका कसैले पनि घटना भएको स्वीकार गरेका छैनन् । यससँगै मुद्दा कमजोर भएको छ । जाहेरवाला र पीडितले बयान फेर्दा पल शाहले सफाइ पाउने संभावना बढेको छ ।

तर न्यायाधीशले पीडित प्रभावित भएर बयान फेरेको ठहर गर्दै सउजाय गर्न सक्नेछन् । यस्तैउल्टै पीडितलाई नै साजय हुन पनि सक्नेछ । पलशाहविरुद्ध जाहेरीमा १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ क्षतिपूर्ति माग गरिएको थियो ।

उनीविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्वमा पनि मुद्दा छ । उनलाई बकपत्रका लागि भोलि त्यहाँ उपस्थित गराइने भएको छ । पल शाहलाई पुर्पक्षका लागि कारागार कार्यालय तनहुँमा राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४