Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनको बैठक आज दिउँसो २ बजेका लागि सर्‍यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ६ २०७९
  • 8.1K
    SHARES

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज (मंगलबार) दिउँसो २ बजेका लागि सरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटामा मंगलबार बिहान साढे ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण गठबन्धनको बैठक सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।

गठबन्धनको बैठकअघि प्रधानमन्त्री देउवाले कांग्रेसका शीर्ष नेता र कांग्रेस कास्कीका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे छ । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले दावी नछोडेपछि प्रधानमन्त्री देउवाले छलफलका लागि कांग्रेस कास्कीका नेतालाई मंगलबार काठमाडौंमा बोलाउनुभएकाे छ ।

हिजाे (सोमबार) साँझ बसेको गठबन्धनको बैठकमा पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीले आआफ्नो दावी पेश गरेपछि महानगर तथा उपमहानगरको सिट बाँडफाँटको टुंगो लाग्न नसकेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४