Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनहुँमा एमाले र जोशीबीच चुनावी तालमेल गर्ने सहमति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ४ २०७९
  • 4.6K
    SHARES

काठमाडौं । तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र जोशी समूहबीच शनिबार भएको छलफलबाट तनहुँका सबै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो। जस अनुसार दमौली नगर क्षेत्र समेत रहेको ब्यास नगरपालिकामा जोशीका छोरा दिपकराज जोशीलाई मेयरमा एमालेले समर्थन गर्ने भएको छ ।

दिपकराज जोशीले कांग्रेसले टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएकाे छ । चुनाव परिचालनका लागि दुवै पक्षबाट चारचार जना रहेको चुनाव परिचालन समिति पनि गठन गरिएको छ । २०७४ सालको निर्वाचनमा जोशीले रामचन्द्र पौडेल विरुद्ध अभियान चलाएको आरोपमा कांग्रेसले जोशीलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

जोशीकै कारण पौडेल एमालेका किसान श्रेष्ठसँग पराजित हुनुभएको थियो । श्रेष्ठ भने अहिले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको छ । तनहुँ कांग्रेसमा अहिले पनि पकड राख्ने जोशी समूहले एमालेसँग सहकार्य गर्दा कांग्रेसलाई यस पटक पनि अप्ठेरो हुनेछ ।

सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलमा गडबडी देखिईरहेका बेला तनहुँमा पनि कांग्रेसको तालमेल अभियानमा संकट आईलागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४