Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावदेखि डराए मुलुक दुर्घटनामा फस्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ३ २०७९
  • 3.8K
    SHARES

काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसँग डराउन नहुने बताएका छन् ।

जनकपुरधाममा निर्वाचन आयोगले शनिवार आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त थपलियाले लोकतन्त्रको प्राणवायु निर्वाचन नै भएकाले तोकिएकै समयमा सम्पन्न हुने बताताएका हुन् ।

दलहरूको संशय हुने वक्तव्य आइरहेकोप्रति निर्वाचन आयोग गम्भीर रहेको बताउँदै थपलियाले निर्वाचनको सन्दर्भमा कुनै तर्कवितर्क नगरी निर्वाचन केन्द्रित हुन आग्रह गरे ।

थपलियाले भने, ‘निर्वाचनको मिति अब धकेलियो भने मुलुक दुर्घटनामा फस्ने सम्भावना छ । त्यसैले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्नुस् । निर्वाचनको क्षेप्यास्त्र प्रक्षेपण भइसकेको छ । अब निर्वाचन अघिपछि सारिए क्षेप्यास्त्रको हमला हुनेछ ।’

अब निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने बताउँदै थपलियाले भने, ‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तलमाथि गर्ने प्रयास गरियो भने दुर्घटना नै हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ ।

उनले यसै वर्षभित्र प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत गर्ने तयारी आयोगले गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४