Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १ २०७९
  • 9.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र चुनावी तालमेल ठीक नभएको बताउनुभएको छ ।

बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नववर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन र चुनावी तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभएको बताउनुभयो ।

गठबन्धन वा चुनावी तालमेल कांग्रेस पार्टीको पनि हितमा छैन भन्ने जान्दा जान्दै पनि पार्टीको निर्णय मान्न आफू बाध्य भएको उहाँको भनाइ थियो ।

दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि सधैं त्यसलाई संस्कृति बनाउँदा लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने भन्दै थापाले यस्तो संस्कृतिले कुनै पनि दललाई हीत नगर्ने बताउनुभयो । स्थानीय चुनावको तालमेलका लागि जारी गरिएको सर्कुलरको गलत बुझाइ भएको भन्दै उहाँले स्थानीय स्तरमा दलहरूबीच कुरा मिले मात्रै तालमेल हुने हो नत्र हुदैन भन्नुभयो ।

माथिबाट थोपरेको भरमा तालमेल नहुने भन्दै थापाले स्थानीय तहबाट हुने निर्णयको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र बृहत्तर एकता कायम गर्नुपर्ने बताउनुभयो । निर्वाचनमा को उठ्दा जित्छ उसैलाई उठाउनुपर्ने उहाँको भनाई छ । पार्टीले उम्मेदवारको सम्बन्धमा गरेको निर्णय सबै नेता, कार्यकर्ताले मान्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४