Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली सेनाले सशस्त्र प्रहरीलाई १० हजार थान राइफल दिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २७ २०७८
  • 6K
    SHARES

काठमाडाैँ । नेपाली सेनाले सशस्त्र प्रहरी बल, नेपाललाई ५ सय ९० नाल हतियार र सोको एम्युनिसन सामाग्रीहरू प्रदान गरेको छ ।

आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय नाल र एलएसडब्लु ९० नाल र सोको एम्युनिशन सामाग्रीहरू हस्तान्तरण गरेका हुन् ।

सशस्त्रलाई नेपाललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि सरकारको निर्णय अनुसार उक्त हतियार हस्तान्तरण गरिएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सहयोगस्वरूप इन्सास राइफल ९ हजार र एलएसडब्लु १ हजार ६ सय नाल हतियार उपलब्ध गराउने छ । बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिँदै लगिने सैनिक प्रवक्ता नारायण सिलवालले जन प्रहारलाई जानकारी दिए ।

यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायहरूबिचको सम्बन्ध समेत थप बलियो हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४