काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (युएई)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसंस्थाले माग गरेका छन् ।
काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध प्रदर्शन गर्दै पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
यूथ कङ्ग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ, एमनेस्टी इन्टरनेशनल नेपाल, युनिमी नेपाललगायतले ऐक्यबद्धता जनाएका थिए ।
विरोधसभामा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप लगाए ।
- पत्रकार पाण्डेलाई अपराधकाे उल्झनमा फसाउने काम भयाे, चाँडै रिहा गरियाेस् : पत्रकार महासंघ
काठमाडौँ । वैदेशिक रोजगारीकाे सिलसिलामा यूएईमा रहेका पत्रकार उमाकान्त पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्टाटसलाई लिएर यूएई प्रहरीले पक्राउ गरी साइबर अपराधको उल्झनमा फसाउने काम गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएकाे छ । महासचिव राेशन पुरीले साेमबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएका हुन् ।
नेपालमा रहँदा जनवरी ८ अर्थात् पुस २४ गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासकाे संलग्नता रहेको आशयमा’ लेखिएको स्टाटसलाई लिएर यूएईकाे तल्लो अदालतले फेसबूक बन्द गर्ने, यूएईमा रहेको सम्पत्ति जफत गर्ने, तीन महिना कैदमा राख्ने, २० हजार डिराम जरिवाना लगाउने र डिपोट गर्नेजस्ता ५ वटा सजायसहितको फैसला गरेको छ । उक्त घटनाप्रति महासंघले आपत्ति जनाएकाे हाे ।
पत्रकार पाण्डेका सन्दर्भमा नेपाल सरकारले पनि कुनै वास्ता नगरेकाे महासंघकाे आराेप छ । ‘महासंघले पत्रकार पाण्डेलाई पक्राउ गर्नेबित्तिकै उहाँको रिहाइका लागि पहल गर्दै आएको छ,’ महासचिव पुरीद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘सो क्रममा महासंघले पत्रकार पाण्डेको रिहाइमा पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र यूएईस्थित नेपाली दूतावासलाई आग्रह गरेको थियो । पत्रकार पाण्डेको रिहाइ र सजायका विषयमा नेपाल सरकारका तर्फबाट १४ दिनभित्र अपिल गरे पत्रकार पाण्डेमाथिको सजाय फुकुवा हुने थियो । तर, महासंघको आग्रहलाई बेवास्ता गर्दै सरकारको तर्फबाट यसप्रति कुनै चासो नदेखाउनु दुखद्दुः हो । महासंघ सरकारको यो अकर्मण्यताप्रति खेद व्यक्त गर्दछ ।
- फेसबुकमा स्टाटस लेख्दा युएईमा जेल परेका पाण्डेको रिहाइका लागि दबाब बढाइँदै
काठमाडौ । युएईस्थित नेपाली दूतावास र राजदुतको फेसबुकमा आलोचना गरेका कारण ३ महिना जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि दबाब बढेको छ छ । उनलाई गत मंगलबार युएईको अदालतले उनलाई ३ महिनाको जेल सजाय र झण्डै ८ लाख नेपाली रुपैयाँ (२० हजार दिराम) जरिवाना गर्ने फैसला गरेको हो ।
त्यसअघि पत्रकार पाण्डे पक्राउ परेलगत्तै नेपाल पत्रकार महासंघले रिहाइको लागि अपिल गरेको थियो । महासंघकै पहलमा परराष्ट्र मन्त्री डा. नारायण खड्का सरकारी स्तरबाट पनि पाण्डेको रिहाइका लागि पहल गरेका थिए ।
फेसबुकमा आलोचना गरेको भन्दै पत्रकारलाई यस्तो सजाय भएपछि थप सशक्त दबाब बढाएको पत्रकार महासंघले जनाएकाे छ । महासंघले पत्रकार पाण्डे हिरासतमा परेदेखि परराष्ट्र मन्त्रालय, युएईस्थित नेपाली दूतावास लगायतसँग निरन्तर रिहाइका लागि अपिल गर्दै आएको महासचिव रोशन पुरीले जन प्रहारलाई जानकारी दिए । महासंघले थप सक्रियतापूर्वक पहल गरिरहेको महासचिव पुरीको भनाई छ । उनले भने, ‘हामीले उहाँ हिरासतमा परेदेखि नै रिहाइका लागि परराष्ट्र मन्त्रालयदेखि दूतवासम्मलाई अपिल गरिरहेका छौँ । तर उहाँ छुट्न सक्नुभएन । हामी चुप बसेका छैनौँ । यस विषयमा महासंघले गम्भीरतापूर्वक पहल गरिरहेको छ ।

महासचिव पुरीका अनुसार आजै सञ्चारमन्त्री तथा कार्यवाहक परराष्ट्र मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग यस विषयमा महासंघले थप छलफल गर्दैछ । पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था आइएफजेमार्फत् पनि पत्रकार पाण्डेको सजाय मिनाहाका लागि पहल गरिदिन महासंघले आग्रह गरिरहेको महासचिव पुरी बताउँछन् । महासंघले आइएफजेलाई यस विषयमा गर्न सक्ने कानुनीदेखि अन्य सबै सहयोगको अपिल गरेको छ ।
परराष्ट्र मन्त्रालयको आग्रहमा पाण्डेमाथिका सबै सजाय फुकुवा गर्न सक्ने व्यवस्था छ । जसका लागि मन्त्रालयले नेपालको कानुन अनुसार पाण्डेको स्ट्याटस अभिव्यक्ति स्वतन्त्रताको हक अन्तर्गत जायज रहेको भन्ने विषय उल्लेख गर्दै पत्रकार पाण्डेको सजाय मिनाहाका लागि अपिल गरेपछि उनी जेलमुक्त हुन सक्नेछन् । यद्यपि दूतावासको अटेरीपनका कारण पत्रकार पाण्डे जेल मै रहन बाध्य भएको परिवारले आरोप छ ।
गत जनवरीमा नेपालमै हुँदा पत्रकार पाण्डेले युएईस्थित नेपाली दूतावासका क्रियाकलापबारे फेसबुकमा स्टाटस लेखेका थिए। उक्त स्ट्याटसका कारण रुष्ट दूतावासका कर्मचारीले दुबई प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरीका आधारमा पाण्डेलाई गत फागुन ३ गते प्रहरीले पक्राउ गरेको थियो। लगत्तै उनलाई अबुधावीस्थित अल वाथ्बा जेलमा राखिएको थियो।
सामाजिक सञ्जालमा स्टाटस लेखेकै विषयलाई कसुर ठहर्याएर दुबई अदालतले यस्तो फैसला गरेको हो । अहिले उनको उक्त स्टाटस हटाइएको छ ।
त्यस्तै, पत्रकारहरूको हकहितका लागि लडिरहेको रिपोर्टस् स्यान्स फ्रन्टलाइनर्सले पनि पत्रकार पाण्डेकाे रिहाइको माग गरेको छ । फ्रन्टलाइनर्सले मंगलवार ट्विट गर्दै उनको रिहाइ हुनुपर्ने बताएको हो ।
- पत्रकार पाण्डेलाई युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघकाे ध्यानाकर्षण
काठमाडाैँ । वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका पत्रकार उमाकान्त पाण्डेलाई युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
पत्रकार पाण्डे नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएकाे जनाएकाे हाे ।
महासंघले एक विज्ञप्ति जारी गर्दै पाण्डेकाे रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, ‘नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । महासंघ यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षा गराउँदछ ।

महासंघका अनुसार पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको’ आशयमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको छ ।
संघले पाण्डेकाे पारिवारिक स्राेतलाई उद्धृत गर्दै नेपाली दूतावासकै उजुरीमा युएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।
विज्ञप्तिमा अगाडि भनिएकाे छ, ‘नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । महासंघ यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराउँदछ ।
विज्ञप्तिकाे पूर्णपाठः
वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका उज्यालो रेडियो नेर्टवर्कमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते ‘सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्ना रहेको आशयमा’ लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई त्यहाँको सेन्ट्रल जेलमा राखिएको जानकारी प्राप्त भएको छ । पत्रकार पाण्डेको परिवारले नेपाली दूतावासकै उजुरीमा युएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको छ ।
नेपालमा रहँदा लेखिएको स्ट्याटसलाई लिएर नेपाली दूतावासले उजुरी दिने र युएई प्रहरीले नेपाली पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा लगाई जेलमा राखिनु अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविपरीत हुनुका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । महासंघ यो घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाईका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र युएइस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराउँदछ ।
रोसन पुरी
महासचिव
