रामेछाप । आसन्न हुन गइरहेको २०७९ वैशाख ३० को स्थानीय निर्वाचनको लागि गोकुलगंगा गाउँपालिका वाड न. २ ठोसेवाट वडा अध्यक्षको लागि नेपाली काँग्रेस वडा समितिले त्यसै वडाका सभापति सुन्दर कार्कीलाई सर्वसहमत रुपमा वडा अध्यक्षमा सिफारिस गरेको छ ।
शारदा माध्यामिक बिद्यालय ठोसेवाट एस.एल.सी.गरेका कार्कीले रत्नराज्य क्याम्पसवाट आइ .ए .पास गरेका छन् भने विभिन्न संघ÷संस्थामा आवद्ध भएर ठोसका मानिसहरुलाई सहयोग गर्दै आएका छन् भने आफैले पनि जनतालाई अफ्ठ्यारो पर्दा खटेर उद्धार कार्य गर्ने गरेका छन् ।
स्थानीय तहका हुने निर्वाचनले पार्टीभन्दा पनि जनताले असल सोच भएका व्याक्ति चुन्ने चलन भएको हुदा गोकुलगंगा गाउँपालिका अन्र्तगतको वाड.न. २ मा रहेका गाउँहरु ठोसेवजार, दोर्जे, लिसे, पात्ले,चोरपातल,दाँङगर दिँङगर सोत्रेखानी, डाडागाउँ, कर्तेखास, काम्वास, गैरीगाउँ, तल्लो विगु, माथिल्लो विगु , थुम्की गरी १४ वटा गाउँहरु रहेका छन् ।
यि १४ वटा गाउँहरुको भुगोललाई बुझेका सुन्दर कार्कीको नामै सुन्दर त्यतिकै भएको होइन । उनको सोचमा पनि त्यतिकै सुन्दर सोच भएको त्यहाका जनताहरुलाई पु¥याएको योगदानवाट सुन्दर भएको त्यहीका स्थानीयहरुले बताउने गरेका छन् ।
नेपाली काँग्रेस पार्टीमा बुढाहरुले मात्र चान्स पाउछन् भन्ने चलनलाई समेत चुनौती दिदै युवा नेतृत्वले नेतृत्व गर्नुपर्छ भन्ने सोचवाट अगाडी बढेका छन् । त्यसकारण एमालेवाट अहिलेसम्म उम्मेद्धारको टुङगो लागिनसकेको हुनाले नेपाली काँग्रेसवाट उम्मेद्धार भएका सुन्दर कार्की सत्ता साझेदार गठन्धनवाट पनि सर्वसहमत भइसकेका छन् । नेकपा(माओवादी केन्द्र) ले पनि उनलाई सघाउने अहिले एमालेवाट फुटेको समाजवादीले पनि तालमेलमा जाने र राप्रपाले कार्यसमिति सदस्य लिएर काँग्रेसलाई सहयोग गर्ने भएपछि सुन्दर कार्कीको जित हुने सम्भावना बलियो देखिन्छ ।
