Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २५ २०७८
  • 8.2K
    SHARES

काठमाडौं । शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो ।

म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो । टाइफाइडका कारण ज्वरो आउने शरीरको विभिन्न भाग दुख्ने, पसिना आउने, वान्ता हुने, कब्जियत हुने, शरीर कमजोर हुँदै जाने जस्ता समस्या निम्तिन्छ ।

टाइफाइडले विशेषगरी गर्मी महिनामा बढी सताउने गर्छ । दूषित पानी र प्रदूषित खाद्य पदार्थको प्रयोगले यो रोग लाग्ने गर्छ । टाइफाइड जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्ने भएपनि १५ वर्ष मुनिका बालबालिकामा यसको संक्रमण दर बढी देखिएको छ । त्यसैले खोप पनि विशेषगरी यही समूहका मान्छेलाई धेरै लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई देशभर एकैसाथ लगाउन लागिएको हो ।

  • टाइफाइडका लक्षणहरु

 –पेट तथा टाउको दुख्नु

–बढी जाडो हुनु, पसिना आउनु

–ज्वरो आउनु, वान्ता हुनु

–पसिना आउनु, चिसो महसुस हुनु

–पखालाका साथै सुख्खा खोकी लाग्नु

  • टाइफाइड हुने कारणहरु

–फोहोर पानी पिउनु तथा नुहाउनु

–दूषित पानी खानु तथा त्यस्तो पानीले खाना पकाउनु

–दूषित पानीले खानेकुरा धुनु

–टाइफाइड भएका व्यक्तिसँग संगत गर्नु

  • टाइफाइडबाट हुने जटिलता

–सानो आन्द्रामा घाउ हुनु, प्वाल पर्नु

–रगत बग्नु

–टाइफाइडको संक्रमण फैलिन गई शरीरका अन्य अंगमा संक्रमण हुनु

  • टाइफाइडबाट बच्ने उपाय

–सफा पानी पिउनु अर्थात् उमालेर मात्रै प्रयोग गर्ने

–खानाखानु अघि राम्ररी हात धुने

–सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने

–राम्ररी पकाएको र छोपेर राखेको खानेकुरा मात्रै खाने

–बासी, सडेगलेका र झिंगा भन्केका खानेकुरा नखाने

–बेलाबेला साबुन पानीले राम्ररी हातधुने

–पौष्टिक र सन्तुलित आहार मात्रै लिने

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४