Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले आज मलेसियासँग खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १९ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा  नेपालले आज मलेसियासँग खेल्दैछ ।

यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ ।

नेपाल यसअघि पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रन र ३७ रनले पराजित गरेको थियो भने मलेसियालाई ६ विकेटले हराएको थियो ।

मलेसियालाई भने फाइनल पुग्न नेपाललाई हराउनै पर्नेछ । मलेसियाले पहिलो खेलमा पीएनजीलाई हराए पनि शुक्रबार भएको खेलमा पीएनजीसँग ८ विकेटले पराजित भएपछि अंकतालिकामा अन्तिममा छ ।

नेपालसँग मलेसिया पाराजित भए पीएनजीलाई फाइनल पुग्ने बाटो खुल्नेछ ।

पीएनजीका लागि नेपाल र मलेसियाबीचको खेल महत्वपूर्ण बन्नेछ ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।

मलेसिया नेपालको लागि परिचित प्रतिद्वन्द्वी हो । अहिलेसम्म टी-२० मा नेपाल र मलेसियाबीच कुल १० खेल भइसकेका छन् । जसमा ७ खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । त्यसमा नेपालले ६ खेल  जितेको छ भने मलेसियाले एक खेल मात्र जितेको छ ।

नेपाल भर्सेस मलेसिया हेड टु हेड

टी-२०आई खेल : ७

नेपाल विजयी : ६

मलेसिया विजयी : १

२०१९ नेपाल इन मलेसिया टी-२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

२०२० एसीसी इस्टर्न रिजन टी-२०

नेपाल २२ रनले पराजित

२०२१ त्रिकोणात्मक सिरिज

दोस्रो नेपाल ९ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६९ रनले विजयी

२०२२ त्रिकोणात्मक टी२० श्रृंखला

नेपाल ६ विकेटले विजयी

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४