Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल सरकार र सी के राउतबीच भएको सम्झौता रद्द गर्न राप्रपाले माग गरेको छ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २७ २०७५
  • 6.8K
    SHARES

नेपाल सरकार र सी के राउतबीच भएको सम्झौता रद्द गर्न राप्रपाले माग गरेको छ । जन न्युज नेपाल खवर डट कम 

राष्ट्रिय  प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौता रद्द गर्न माग गरेका छन्।

राष्ट्रिय स्वाभिमान यात्रा अन्तरगत सुदूरपश्चिमको भ्रमणपछि १३ औं दिन सोमबार फर्किने क्रममा दाङको तुलसीपुरमा सम्बोधन गर्दै त्यस्तो बताएका हुन्।

रणनीतिक र चाल बाजीका रूपमा प्रयोग गरिएको सम्झौता सरकारले तत्काल रद्द गर्नुपर्ने पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाको कथन थियो।

सिके राउत र नेपाल सरकारबीचमा भएको सम्झौता अत्यन्तै भ्रमपूर्ण, अन्यौल पूर्ण र रहस्यपूर्ण बन्न गएको थापाले बताए।

सुरूआतमा सिके राउतले विखण्डनको एजेण्डा परित्याग गरेको भनेर प्रचार गरिएता पनि राउतको मन्तव्य र सम्झौताको दस्तावेजले कही कतै पनि राष्ट्र विखण्डनको एजेण्डा परित्याग गरेको नदेखिएको थापाले बताए।

त्यस्तै, राउतले उठाउँदै आएको राष्ट्र विखण्डनको एजेण्डा जनमत संग्रहबाट टुंगो लगाउने भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गरेको हुँदा त्यो उनको रणनीतिक चालबाजी भएको राप्रपा अध्यक्ष थापाले तर्क गरे।

गृहमन्त्रीले त्यसको खण्डन गरेको भए पनि त्यो सम्झौंतालाई आ–आफ्नो ढंगले व्याख्या गर्नुभन्दा अत्यन्तै संवेदनशील विषय भएको हुँदा उत्पन्न अस्पष्टता र अन्यौलता तत्काल सरकारले चिर्नुपर्ने उनले माग गरे।

‘हिजो जनकपुरमा सिके राउत पुग्दा जसरी राष्ट्र विखण्डनका नाराहरू लगाइयो,प्ले कार्ड र व्यानर बोकेर प्रदर्शन गरिएको त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्त्सना गर्दछ,’ थापाले अघि भने, ‘सरकारको सुरक्षा घेराभित्रै त्यस्ता किसिमका असंवैधानिक गतिविधि हुनु र सरकार मौन बस्नुले पनि थुप्रै आशंकाहरू जन्माएको छ।’

सिके राउतले आफ्नो अभिष्ट पूरा गर्नको लागि रणनीतिक रूपमा त्यो सम्झौता गरेको थापाको दाबी छ।

राउतले सार्वजनिक गरे अनुसार सम्झौतालाई अन्तर्राष्ट्रियकरण गर्दै  नेपाल सरकार पनि विखण्डनको मुद्दालाई जनअभिमत वा जनमत संग्रहबाट टुङ्ग्याउन तयार भएको संसारभरि प्रचार गर्दै आफ्नो पक्षमा सहानुभूति बटुल्न जनतालाई भ्रममा पार्ने रणनीतिक चालबाजीको रूपमा प्रयोग गरेको थापाको जिकिर छ।

‘विप्लवले फेरि विद्रोह गर्छु भन्नु गलत’

राप्रपा अध्यक्ष थापाले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै नेत्रविक्रम चन्द (विप्लव)ले फेरि नयाँ ढंगले विद्रोह गर्न खोज्नु गलत भएको बताएका छन्। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुका लागि हिन्दु राष्ट्र र राजसंस्था राज्य लगायतका कुराहरू पाखा लगाइएको भए पनि त्यो आज त्रुटिपूर्ण थियो भन्ने कुरा १२ वर्षपछि पुष्टि भएको राप्रपा अध्यक्ष थापाको दाबी थियो।

‘अधुरो र त्रुटिपूर्ण शान्ति प्रक्रियाको कारणले गर्दाखेरि यो स्थिति आएको हो,’ थापाले भने, ‘आगामी दिनमा अब बाटो सच्चाएर अगाडि बढ्नु पर्दछ।’

उनले आफ्ना राजनीतिक एजेण्डा पूरा गर्नको लागि बन्दुक र हिंसा छोडेर जनताको माझ आउन विप्लवलाई आग्रह गरे। राष्ट्र विखण्डनको एजेण्डा बोकेर हिँड्नेलाई गला लगाएर सम्मान र स्वागत गर्ने गरेको भए पनि  राजनीतिक परिवर्तनको कुरा गर्ने विप्लवलाई दमन गर्छु भन्ने सरकारी नीति भविष्यमा प्रतिउत्पादन हुने सक्ने चिन्ता थापाले जाहेर गरे।

त्यस्तै, राप्रपा अध्यक्ष थापाले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनुलाई सही मूल्यांकन गरिए पनि त्यसपछि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनु गलत भएको स्वीकार गरे।

माग पूरा नभए चैत १ गतेदेखि आन्दोलन

आफूहरूले उठाएका मागहरू सरकारले पूरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने उनले चेतावनी दिए।  राजसंस्थासहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्य राप्रपाको मूल एजेण्डा भएको थापाले स्पष्ट पारे। राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलमा सहभागी हुन उनले सबैलाई आह्वान गरेका छन्।

२०६२/०६३ को जनआन्दोलनपछि राष्ट्रघाती नागरिकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाई नागरिकता दिएको तथा सनातन धर्म र संस्कृतिमाथि आक्रमण गरेको उनले बताए।

कार्यक्रममा पूर्वमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङ, दिपक बोहोरा, प्रेमबहादुर भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए। राप्रपाको राष्ट्रिय स्वाभिमान कार्यक्रममा गाडीहरूको लस्कर थियो। हाम्रो बारेमा
जन आवाज मिडिया हबद्दारा सञ्चालित जन न्यूज नेपाल खबर डट कम (Jananewsnepalkhabar.com) मा सम्पुर्ण नेपाली मनमुटु हरुलाई स्वागत र अभिवादन गर्दछौं।जन न्यूज २०७४ बाट सुरुवात भएको न्यूज पोर्टल हो। श्रमजीवी पत्रकारहरुको पहलमा स्थापित यो साईटमा सामाजिक, आर्थिक, राजनीतिक, सौन्दर्य, अन्तर्वार्ता लगायतका विषयबस्तुलाई प्रमुख प्राथमिकता दिईएको छ।
जन न्यूज नेपाल खबर डट कम न्युज पोर्टल कुनैपनि जातजाति, धर्म, समूदाय, वर्ण, लिङ्गलाई ठेस नपुर्याई स्वतन्त्रतापूर्वक नौला र सिर्जनात्मक विषयबस्तुहरु पस्कने गर्दछ। यहाँ प्रस्तुत हुने हरेक प्रकारका विषयबस्तुहरु आधिकारिक हुने वचनवद्धता पनि हामी प्रकट गर्न चाहन्छौं। पत्रकारिताको मूल मर्मलाई हरपल पछ्याउँदै सामग्रीहरु प्रस्तुत गर्नेछौं। यो सबैको साझा पोर्टल भएकाले सामग्रीहरु पठाएर सहयोग गरिदिनुहोला। तपाईका सिर्जनालाई हामी उचित स्थान दिनेछौं।अन्त्यमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, शुभेच्छुक आदि सबैको अमूल्य सल्लाह सुझावको अपेक्षा गर्दछौं।====================
जन आवाज मिडिया हब प्रालि द्वारा संचालित तपाई हामी सबैको सुचना आदान प्रदान गर्ने जन न्युज नेपाल खबर डट कम हो। हामी मुलत: खोज तथा अनुसन्धानमुलक समाचारमा विशेष ध्यान दिनेछौ। हामी समाचार विशेष तथा भरपर्दो स्रोत बाट प्रमाण को आधारमा लेख्नेछौ।तपाई पाठकहरुले दिएको सुझाव नै हाम्रो प्रेरणाको स्रोत हो। हामी तपाईं आवाज बिहिनहरुको आवाज लाई बुलन्द गर्ने तपाईं हाम्रो एक मात्रै अनलाईन मिडिया जन न्युज नेपाल खबर डट कम हो।तपाईलाई हाम्रो समाचार मन परेमा धेरै -भन्दा धेरै सेयर लाइक,र कमेन्ट गरिदिन नभुल्नु साथै हामीलाई हाम्रो “Youtube Channel”J N Nepal Khabar लाई पनि Subscribe गरिदिन नभुल्नु होला। धन्यवाद
प्रधानसम्पादक : नेत्र बहादुर कार्की
ठेगानाः ललितपुर १३, कुसुन्ती, नेपाल ।
सम्पर्क नं.: ९७७–९८४१५१६७१२,९८४०४२११७४, ९८१८४०२१४०
इमेल : jananewsnepalkhabar@gmail.com
हाम्रो बारेमा
© Copyright 2018, All Rights Reserved Jana News Nepal Khabar | Designed by Ourwebcreation PVT LTD
जन आवाज मिडिया हब नेपाल द्धारा सञ्चालित:
मिडिया पार्टनर :  Nepal
कम्पनी दर्ता नं : १८४८४७/०७४/०७५
मु . अ. क. नं : ६०६७६८१०२
अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ ०७४-०७५
स्थायी लेखा नं(PAN) : ६०६७६८१०२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४