Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस स्थानीय निर्वाचन परिचालन समितिको बैठकले के-के गर्‍यो निर्णय ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १७ २०७८
  • 3.3K
    SHARES

काठमाडौं । नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरूको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय गरेको छ । 

काँग्रेसका उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठकले  विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्ब गठन गर्न निर्णय गरेको छ ।

त्यस्तै आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जन प्रहारलाई जानकारी दिए ।

बैठकमा सदस्यहरु-डा. प्रकाशशरण महत (पार्टी प्रवक्ता), सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु वाँस्तोला र जीवन रानाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 



प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४