Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाउँपालिका अध्यक्ष खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १७ २०७८
  • 4.8K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले अध्यक्ष र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित उनीविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरेको हो । त्यस्तै, तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५०३० मागदावी गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफू अनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४-०७५ र २०७५-०७६ मा अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

विद्युतीकरण गर्न उपकरण खरिद गर्दा ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गाउँपालिका अध्यक्ष खड्का समेतको मिलेमतोमा उक्त गाउँपालिकाको वडा नं. ४ बिजुलीकोट, वडा नं. ५ नागदह र वडा नं. १ दुरागाउँमा विद्युतीकरण गर्ने क्रममा विद्युतीय सामान खरिद गर्दा खरिद समिति नबनाई टेन्डर तथा सूचना जारी नगरी आफू अनुकुलको उपभोक्ता समिति गठन गरी उक्त कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिई भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

विद्युतीकरण योजना कार्यान्वयन गर्दा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का, तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंक प्रसाद चौलागाई, लेखापाल दुर्गा बहादुर डिम्दोङ तामाङ, विद्युतीकरण उपभोक्ता समिति, लिखु तामाकोशी गाउँपालिका– ५ (साविक नागदह गाविस १–५) का अध्यक्ष वेत बहादुर पुँवारसहित कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापा मगर, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका– ५ (साविक नागदह गाविस ६–९) का विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङसहित कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ, विद्युतीकरण उपभोक्ता समिति लिखु गाउँपालिका–४, (साविक विजुलीकोट) का अध्यक्ष होम बहादुर महतसहित कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवार, पाइक कन्सट्रक्सन प्रालि महाराजगञ्जका सञ्चालक अमृत बहादुर तामाङ विरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

यस्तै, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–१ (साविक दुरागाउँ गाविस १–३) का अध्यक्ष काजीबाबु थापासहित कोषाध्यक्ष तारा गुरुङ र सचिव युवराज सुनुवार, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–१ (साविक दुरागाउँ गाविस ४–६) का अध्यक्ष बुद्धिबहादुर तामाङसहित कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोका, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–१ (साविक दुरागाउँ गाविस ७–९) का अध्यक्ष प्रचण्ड सुनुवारसहित कोषाध्यक्ष घन्टिकादेवी सुनुवार र सचिव क्याल्बु तामाङ, थप विद्युत प्रसारण योजना उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार, कोषाध्यक्ष दिलमाया थापा र सचिव प्रकाश सुनुवार, लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन लेखापाल नोर्बु लामाविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । उनीहरु सबैलाई अलगअलग बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरी÷गराई सुरु विनियोजित रकमको जनसहभागिताको अंश र कन्टिन्जेन्सीको रकम समावेश नभएको लागत अनुमानहरु स्वीकृत गरी र अन्य विभिन्न शीर्षकको खर्चबाट गरिएको थप विद्युतीकरण कार्यको प्राविधिक लागत अनुमान बिना फेज परिवर्तन गराई बिना खरिद समिति ट्रान्सफर्मर, पोलजस्ता विशेष महत्वपूर्ण सामग्रीहरु सोझै आपुर्तिकर्ताबाट दररेट पेस गर्न लगाई खरिद गरिएको पाइएको हो । सो बाहेकका अन्य सबै विद्युतीकरण सम्बन्धी सामग्रीहरु उपभोक्ता समितिहरुका लागि विभिन्न फर्मको नामबाट कोटेसन लिएको देखाई एउटै व्यक्तिबाट आवश्यक पर्नेभन्दा अस्वाभाविक रुपमा बढी सामान खरिद ढुवानी गरी गराई त्यसमध्ये कतिपय सामान हिनामिना समेत गरी केही सामान अस्वाभाविक रुपमा बढी मूल्य तिरेको पाइएको आयोगले जनाएको छ ।

लिखु तामाकोशी गाउँपालिका, रामेछाप वडा नं. १ (साविक दुरागाउँ गाविस वडा नं. १–९) र थप विद्युत प्रसारण योजना होपिनाको विद्युतीकरणको कार्य गर्दा चार करोड २१ लाख ७०६ रुपैयाँ २४ पैसा हिनामिना गरी भ्रष्टाचार देखिन आएको भन्दै आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४