Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोर्चुगल र पोल्याण्ड विश्वकप फुटबलका लागि छनौट


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १६ २०७८
  • 6.1K
    SHARES

काठमाडौं । पोर्चुगल र पोल्याण्ड कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् ।

मंगलबार राति भएको युरोपेली समुहको प्ले अफ् खेलमा स्विडेनलाई २–० ले हराउँदै पोल्याण्ड विश्वकपमा छानिएको हो ।पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्की र पिएटर जेलेन्स्कीले एक एक गोल गरे ।

युरोपेली समुहकै अर्को प्ले अफ् खेलमा नर्थ मेसेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल पनि विश्वकपमा छानिएको हो ।

पोर्चुगलको जितमा दुबै गोल ब्रुनो फर्नान्डेजले गरे । अघिल्लो खेलमा इटालीलाई हराएर सनसनी मच्चाएको नर्थ मेसेडोनियाले पोर्चुगल विरुद्धको खेलमा भने चमत्कारिक प्रदर्शन गर्न सकेन ।

उता, अफ्रिकी समुहबाट सेनेगल, घाना, क्यामरुन, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छानिएका छन् । मंगलबार राति भएको खेलमा इजिप्टलाई पेनाल्टी सुट आउटमा हराउँदै सेनेगल विश्वकपमा छानिएको हो । सेनेगलको लागि सादियो मानेले निर्णायक पेनाल्टीमा गोल गर्दा इजिप्टका मोहोमद सालाह चुकेका थिए ।

अफ्रिकी समुहका अन्य खेलहमा घानाले नाइजेरियालाई हराएको हो भने क्यामरुनले अल्जेरियालाई, मोरक्कोले प्रजातान्त्रिक गणतन्त्र कंगोलाई तथा ट्युनिसियाले मालीलाई पराजित गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४