गगन थापा भन्छन्- ‘मैले असल साथी गुमाएँ र देशले आशातीत नेता” अस्ताए मन्त्री रबिन्द्र अधिकारी
Netra Bahadur Karki
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सासंद गगन थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मृत्युमा भावुक हुँदै ‘आफुले असल साथी गुमाएको बताएका छन्’ । उनले ‘देशले एक आशातित नेता गुमाएको भन्दै श्रद्धान्जली दिएका छन्।
उनले ट्विट गर्दै लेखेका छन् –‘ रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रद्धाञ्जली
रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली!!
स्वर्गीय अधिकारी र सांसद थापाले बिद्यार्थी राजनीतिदेखि धेरै मोर्चामा हातेमालो गरेर काम गरेका थिए। दुवै जनाले संविधानसभाका सभासद हुँदा संविधान बनाउने प्रक्रियामा बिभिन्न समितिमा रहेर काम गरेका थिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले तेह्रथुम आठराइ चुहानडाडामा रहेको थुम्की डाँडा एयरपोर्ट निर्माण स्थलगत निरिक्षण, सम्बाव्यता अध्य्यन र स्थानीयसँगको छलफल कार्यक्रम पछि ताप्लेजुङको पाथिभारा मन्दिर दर्शन गर्न गएका अधिकारीको हेलिकप्टर दुर्घट्नामा मृत्यु भएको हो। हेलिकप्टरमा मन्त्री अधिकारी सहित ७ जना रहेका छन।